अर्घाखाँची । पिपलनेटा बजार विकास संस्थाद्वारा आयोजित दोस्रो खुल्ला भलिबल प्रतियोगितामा अर्घाखाँची बुलेटिनसहित चार टिम सेमिफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा अर्घाखाँची बुलेटिनको टिमले बुधनमारा ‘बी’ टिमलाई पहिलो सेटमा १८ अङ्कको अन्तरमा पराजित गरेको थियो भने दोस्रो सेटमा पनि बुलेटिनले बुधनमारा ‘बी’ टिमलाई १० अङ्कको सेटमा जित हासिल गर्दै सेमि फाइनलमा प्रवेश गरेको हो ।
दोस्रो दिनको दोस्रो खेलमा सन्धिखर्क नगरपालिका वार्ड न ११ र असुरकोट संजालबीच भएको खेलको पहिलो सेटमा सन्धिखर्क नगरपालिकाले असुरकोट संजाल लाई ११ अङ्कको अंतरमा जित निकाल्दै दोस्रो सेटमा पनि सन्धिखर्क ११ ले असुरकोट संजाल लाई ७ अङ्कको अन्तरमा जित निकाल्दै सन्धिखर्क ११ सेमि फाइनलमा प्रवेश गरेको छ भने असुरकोट संजाल खेलबाट बाहिरिएको छ ।
यस्तै तेस्रो खेल प्रगति प्रगतिशील युवा क्लब धारापानी र आयोजक ‘सी’ टिमबीच भएको खेलमा प्रगतिशील युवा क्लबले आयोजक सि टिमलाई १६ अङ्कको अन्तरमा पहिलो सेटमा जित निकालेको थियो भने दोस्रो सेटमा पनि प्रगतिशील युवा क्लब धारापानीले आयोजक ‘सी’ टिमलाई पाँच अङ्कको अन्तरमा जित निकाल्दै प्रगतिशील युवा क्लब धारापानी सेमिफाइनलमा प्रवेश गरेको छ भने आयोजक ‘सी’ टिम प्रतियोगिताबाट बाहिरिएको छ ।
दोस्रो दिनको चौथो तथा अन्तिम खेलमा आयोजक ‘ए’ टिमले फलाम खिल्जी युवा क्लबलाई पहिलो सेटमा १ नम्बरको अन्तरले जित निकालेको थियो भने दोस्रो सेटमा फलामखिल्जी युवा क्लबले आयोजक ‘ए’ टिमलाई ९ नम्बरको अन्तरमा जित निकालेको थियो ।
तेस्रो सेटमा आयोजक ‘ए’ टिमले फलाम खिल्जी युवा क्लब लाई दुई नम्बरको अन्तरमा जित निकाल्दै आयोजक ‘ए’ टिम सेमिफाइनलमा प्रवेश गरेको छ भने फलाम खिल्जी युवा क्लब प्रतियोगिताबाट बाहिरिएको छ भने आयोजक ‘ए’ टिम सेमि फाइनलमा प्रवेश गरेको छ ।
भोलि प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन पहिलो खेल ऎरावती प्युठानको टिम र आयोजक ‘बी’ टिम बिच खेल हुनेछ र यो टिमको खेल सकिएपछि सेमिफाइनल खेल हुने आयोजकले बताएको छ ।