शंकर प्रसाद पोख्रेल, गुल्मी ।
राष्ट्रिय जनमोर्चा छ्त्रकोट गाउँपालिकाको चुनावी भेला सम्पन्न भएको छ ।
Advertisement
भेलाले स्थानीय निर्वाचनलाई क्रान्तिकारी तबरले उपयोग गर्ने पार्टीको नीति अनुसार सबै कार्यकर्ताहरुलाई चुनावमा होमिन निर्देशन गरेको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव छबिलाल सर्तुङ्गी, कोषाध्यक्ष टेक बहादुर केसी ,जनजाती सम्मेलनका जिल्ला अध्यक्ष गुमान सिंह पुनको उपस्थिति रहेको थियो ।
स्थानीय अगुवा कार्यकर्ताको सहभागिता रहेको भेलाको अध्यक्षता दहिराम कंडेलले गर्नुभएको थियो ।