काठमाडौं । कक्षा १२ को परीक्षा आगामी २०७९ जेठ १६ गतेबाट सञ्चालन हुने भएको छ ।
Advertisement
शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
गएका दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा सञ्चालन गरिएको थियो ।
तर यसवर्ष अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।