बागलुङ । राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका वडा नं.५, हरिचौरको प्रशिक्षण भेला सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापाले प्रशिक्षण तथा मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसी, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकालले मन्तव्य दिनु भएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा हरिचौरका अध्यक्ष अमर खत्री को अध्यक्षता, सचिव तम बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।