अर्घाखाँची । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पिपलनेटा बजार विकास संस्था भूमिकास्थान नगरपालिका १ र २ द्वारा दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी खुल्ला भलिबल प्रतियोगिता हुन लागेको पिपलनेटा बजार संस्थाले जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै खेल आयोजक समिति सहसंयोजक विष्णु शर्माले देशको विकास र समृद्धिमा युवाको भूमिका र सरभागिता बढाउने, अनुशासित र जिम्मेवार समाजको निर्माण गर्ने र नेपाललाई खेल क्षेत्रबाट विश्वसामु चिनाउने उद्देश्य रहेको बताउनुभयो ।
प्रतियोगितामा विभिन्न पुरस्कारका राशीहरु रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम पुरस्कार रु ५१ हजार पाँच सय, मेडल ट्रफि र प्रमाणपत्र, द्धितिय पुरस्कार ३१ हजार तीन सय, मेडल ट्रफि र प्रमाणपत्र, तृतीय पुरस्कार २१ हजार एक सय, मेडल ट्रफि र प्रमाणपत्र रहेकोे छ ।
यस्तै, उत्कृष्ट खेलाडी, अनुशासन र उत्कृष्ट पत्रकार सम्मान पुरस्कार जनही तीन हजार पाँच सय रहेको बताइएको छ ।
खेल चैत ३, ४ र ५ गते पिपलनेटामा हुने आयोजकले जनाएको छ ।