खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समितीद्वारा संचालित पटियाला नगर समितिका सदस्य थमन बहादुर थापाको निधन भएको छ । ४० वर्षीय थापाको ह्रदयघातका कारण हिजो निधन भएको मूल प्रवाहले जनाएको छ ।
Advertisement
गुल्मी जिल्ला, धुर्कोट गाउँपालिका वार्ड नम्वर ३ हाडहाडे गल्दा निवासी थापा पटियाला पुलिस लाइनमा परिवारसहित बसोबास गर्दै आउनुभएको थियो ।
उहाँको निधनप्रति मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितीले भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।