• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्थानीय चुनावलाई प्रतिगमनका विरुद्ध उपयोग गरौँ : महामन्त्री मोहनविक्रम सिंह


  •   मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
  • सुवाश जिसी, खलङ्गा ।
    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आगामी स्थानीय तहको निर्वाचनलाई प्रतिगामी, अधिनायकवादी र फासिष्ट शैलीका विरुद्धमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिले पनि देशमा प्रतिगमनको खतरा नटरेको र प्रतिगमनसँगै राष्ट्रघात पनि आएकाले यसको विरुद्ध कडा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा प्युठान जिल्लाद्वारा २०७८ चैत १ गते आयोजित जिल्ला भेलामा प्रशिक्षण दिनुहुँदै सिंहले यसपटकको चुनाव एक्लै जित्नका लागि पार्टीका साथीहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “प्युठानमा हामीले कैयौँपटक एक्लै चुनाव जितेका छौँ ।

    हामीले विचार, चेतना, राजनीति र सक्रियताले चुनाव जित्छौँ, जसको अन्य पार्टीको विजयभन्दा सयौँ गुना महत्व छ ।”

    सिंहले एम.सी.सी. इन्डो–प्यासिफिक रणनीतिको अङ्ग भएको र अमेरिकाको दबाबमा त्यसलाई नेपालले पारित गर्नु नेपालको सार्वभौमसत्तामाथि साम्राज्यवादको खुल्ला हस्तक्षेप भएको बताउँदै त्यसलाई तुरुन्त खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ भन्ने नारासहित राजमो प्युठानको जिल्ला भेला सदरमुकाम खलङ्गाको मित्रमणि स्मृति भवनमा सम्पन्न भएको छ ।

    भेलालाई प्रमुख अतिथि कृष्ण खड्काले उद्घाटनका साथै मन्तव्य राख्नुभएको थियो । सो अवसरमा राजमो नेता आनन्द शर्मा र राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले पनि सम्बोधन गर्नुभएको थियो ।

    भेलामा राजमो केन्द्रीय सल्लाहकार चन्द्रबहादुर केस, राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोखरेल, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपाने, राजमो केन्द्रीय सदस्य पद्मा पण्डित, केन्द्रीय सदस्य नारायण जिसी, अखिल नेपाल महिला सङ्घका केन्द्रीय सचिव तथा प्रदेश सांसद तारा जिसी, राजमो केन्द्रीय सल्लाहकार खगा राना, अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपाली, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सचिव वीरबहादुर जिसी, जिल्ला समन्वय प्युठानका प्रमुख केशवराज आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सचिव सुरेश श्रेष्ठ, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अम्मरध्वज राना, अखिल (छैठौं) का महासचिव सुवाश जिसी, अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भीम थापा, झिमरुक गाउँपालिका उपाध्यक्ष पवित्रा जिसी, मल्लरानी गाउँपालिका उपाध्यक्ष सरिता जिसीलगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    भेलामा राजमो लुम्बिनी प्रदेशका अध्यक्ष वोमबहादुर खत्रीले आगामी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई हलले अनुमोदन गरेको थियो ।

    भेलाको अध्यक्षता राजमो प्युठानका उपाध्यक्ष इमानसिंह खड्काले, स्वागत मनतव्य जिल्ला कोषाध्यक्ष कृष्ण श्रेष्ठले र सञ्चालन राजमो लुम्बिनी प्रदेश सदस्य तिलक जिसीले गर्नुभएको थियो ।

    मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.