कोचिन । अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा ऐतिहासिक आठौं अखिल भारत सम्मेलनको सन्देश सभा सम्पन्न भएको छ ।
कोचिनको एर्णाकुलमको प्रमुख शहर सुबास पार्कमा बृहत कार्यक्रम आयोजना गरी सन्देश सभाको आयोजना गरिएको हो । नगर सहसचिव आसाराम घर्ती मगरले सन्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता साबित्रा घर्ती मगरले गर्नु भएको थियो भने स्वागत भबिलाल विकले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य जनक बिसिले संगठनलाई भाँजो हालेर कारबाही गरि फालिएका अराजक फुटपरस्तहरुले संगठनको नाममा अझैसम्म मूल प्रबाह अखिल भारत नेपाली एकता समाजको नाममा गतिविधि बढाएका छन् भन्दै यो ऐतिहासिक आठौं रास्ट्रिय सम्मेलन उनीहरुलाई दरो झापट बनेको बताउनुभयो ।
कार्यक्रममा मेघराज बिसि, चन्द्रिका घर्ती मगर, तिर्थराज घर्ती मगर, तिलक बिस्ट, गुमान सिंह घर्ती मगर, छबिलाल रोका मगर र मेघराज बिसिले बोल्नु भएको थियो ।