अर्घाखाँची । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) जिल्ला समिति अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द बिसिले सम्बोधन गर्दै संसदबाट जवर्जस्ती पास गरिएको विवादित अमेकिरी सहायता परियोजना एमसीसी खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले एमसीसी खारेजीका लागि आफ्नो अफ्नो ठाउँबाट सहयोग गर्न सबैसँग अपिल पनि गर्नुभयो ।
राष्ट्रघाती एमसीसी सम्झौतालाई संसद्मा चोर बाटोको माध्यमबाट पारित गरे पनि यसलाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने उहाँको भनाई थियो । उपाध्यक्ष बिसीले अन्टुकले एमसीसी खारेज गर्न निरन्तर आन्दोलन गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेस सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसी, जनजाती सम्मेलनका केन्द्रीय सचवि उषा पुन, अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपाली, अखिल नेपाल महिला संघ जिल्ला सदस्य राधा आचार्य, अखिल नेपाल शिक्षक संघ सन्धिखर्क नगर उपाध्यक्ष यज्ञ प्रसाद भुसाल, अखिल नेपाल लेखापढी संघ का बुद्धि चुदाली लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रम अध्यक्ष सिद्धि प्रसाद भट्टराईको अध्यक्षता, उपाध्यक्ष तुल्सीराम गैरेको स्वागत मन्तव्य र जिल्ला सचिव इन्द्रमणि भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।