• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अभिव्यक्ति स्वतन्त्रता उच्च प्राथमिकतामा : कार्की, यस्ता छन्, मन्त्रिपरिषद्का निर्णय


  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    Advertisement

    फागुन २६ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न २०७८ फागुन २७ गते मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एसियामै अग्रणी मुलुकका रूपमा स्थापित गर्न सरकार लागिपरेको छ बताउनुभयो ।

    सञ्चारकर्मीको प्रश्नको जवाफमा उहाँले युट्बसम्बन्धी नयाँ व्यवस्था गरेर यसलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन खोजिएको तर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नभएको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘हामी सभ्य र सुन्दर समाज निर्माण गर्न चाहन्छौँ । वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन हुने गरी कुनै कानुन ल्याउँदैन र विगतमा ल्याइएका कानुन पनि आवश्यकताअनुसार परिमार्जन गरिने छ ।’

    नेपाललाई संसारभर चिनाउन र सरकार जनताको हितमा काम गर्दै छ भन्ने सन्देश फैलाउन र आवश्यक सहयोग जुटाउन पनि विभिन्न देशमा सरकारी स्तरमा भ्रमण हुन लागेको जानकारी दिनुभयो ।

    अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्को मुख्यालयमा मार्च ७ देखि १८ (२०२२) सम्म सञ्चालन हुने राष्ट्रिय क्षेत्राधिकारबाहिरको सामुद्रिक, जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत अन्तरसरकारी सम्मेलनको चौथो सत्रमा नेपालका तर्फबाट सहभागिताका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा नेतृत्वको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, बङ्गलादेशको ढाकामा मार्च ८ देखि ११ (२०२२) मा आयोजना भएको खाद्य तथा कृषि सङ्गठनको एसिया तथा प्रशान्त क्षेत्रमा हुने छत्तिसौँ क्षेत्रीय सम्मेलनमा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिइएको छ ।

    त्यसैगरी, साउदी अरबका परराष्ट्र मन्त्रीबाट यही फागुन ३० गतेदेखि चैत १ गतेसम्म गर्नुहुने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गरेको सरकारका प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपाल र साउदी अरब सरकारबिच हुने सहयोग सम्झौताको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिइएको छ । बैठकले आगामी चैत १४ गते अमेरिकाको न्युयोर्कमा हुने अल्पविकसित राष्ट्रबिचको संलग्नताको परामर्शसम्बन्धी रणनीति तयारी बैठकमा सहभागी हुन सचिव डा. पे्रमनारायण कँडेललाई स्वीकृति दिएको छ ।

    साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलललाई संयुक्त अरब इमिरेट्स, सेसेल्स र कतारको भ्रमण गर्न स्वीकृति दिने निर्णय पनि बिहिबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ । (रासस)

    शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.