काठमाडौं । संसदबाट पास गरिएको विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध अखिल (छैठौं) सहित विभिन्न विद्यार्थी संगठनले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् ।
Advertisement
बिहीबार राजधानीसहित देशैभर विरोध प्रदर्शन गरिएको हो ।
सोही क्रममा अर्घाखाँचीमा अखिल (छैठौं) र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा सन्धिखर्कको भक्तिटोलामा विरोध प्रदर्शन गरेका छन् ।
अर्घाखाँची आवासीय माध्यामिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय र भगवती माध्यमिक विद्यालय बाट र्यालीसहित भक्तिटोलामा कोण शभामा परिणत भएको थियो ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाली र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य नवीन खड्काले सम्बोधन गर्नुभएको थियो ।