शंकर प्रसाद पोख्रेल, गुल्मी ।
प्रगतिशील पत्रकार संघ गुल्मीको जिल्ला भेला सम्पन्न भएको छ । प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेलको आतिथ्यतामा गुल्मी जिल्लाको कालीगण्डकीमा गाउँपालिकाको पुर्तिघाटमा भेला सम्पन्न भएको हो।
Advertisement
भेलाले अध्यक्षमा हरि न्यौपानेलाई चयन गरेको छ भने उपाध्यक्षमा शंकर प्रसाद पोख्रेल, सचिवमा हरि कुमार केसिी, सह सचिवमा अस्मिता पुन, कोषाध्यक्षमा लेखान्त पुन र सदस्यहरुमा चन्द्र पुन, लिला कुँवर, गंगा पुलामी, ओम श्रीस, हरि पुन र अर्जुन न्यौपाने रहनुभएको छ ।
नवनिर्वाचित जिल्ला समितिलाई संघका केन्द्रीय सदस्य पोख्रेलले शुभकामना मन्तव्य दिनुभएको थियो । नयाँ कार्य समितिको नाम राष्ट्रिय जनमोर्चाका नेता छबिलाल सर्तुङ्गिले घोषणा गर्नुभएको थियो ।