प्युठान । प्युठानको गौमुखी गाउँपालिका–२ अर्खामा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ । भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सांसद तारा जिसीले सम्बोधन गर्नुभएको थियो ।
भेलाले अमरसिंह राना बिटालुको अध्यक्षतामा १५ सदस्यीय वार्ड समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शेरू गिरी, सचिव जोगिन्द्र विक, सहसचिव मोती बहादुर सुनार, कोषाध्यक्ष दिलमाया राना र सदस्यहरूमा सन्त बहादुर बिटालु, नरबहादुर राना, देविचन्द्र राना, रमित बिटालु, पुनराम सुनार, मानसिंह परियार, हिरा सुनार, पिपला सुनार, देवीश्वर र खेमसरि सुनार रहनुभएको छ।
कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, राजमो केन्द्रीय सदस्य नारायण जिसी, गौमुखी ४ का निर्वाचित जनप्रतिनिधि हरि बहादुर केसी, अर्खा मावि व्यवस्थापन समितिका अध्यक्ष शेरू गिरीले पनि भेला सफलताको कामना गर्नुभएको थियोे ।
भेलाको अध्यक्षता जोगिन्द्र विक र संचालन अमरसिंह राना बिटालुले गर्नुभएको थियो ।