• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘कालापानी अभियान’ का सहभागी भन्छन्ः जनताको विश्वास जितेका छौँ


  •   मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सञ्चालित कालापानी अभियानको मंगलबार महेन्द्रनगरमा समापन हुँदैछ ।

    Advertisement

    मंसिर ११ गते धनगढीबाट सुरु भएको मोटरसाइकल -याली सीमा अतिक्रमण विरुद्ध खबरदारी गर्दै दार्चुलासम्म पुगेर फर्किएको हो । त्यस क्रममा अत्तरिया, बुडर, डडेल्धुरा, गोकुलेश्वर, खलंगा, बैतडीको गोठालापानी, पाटन, डोटी दिपायललगायत विभिन्न स्थानमा विरोध सभा सम्पन्न भएको छ ।

    पहाडको अप्ठेरो बाटोमा मोटरसाइकल यालीका क्रममा कयौं सहभागी घाइते भएका छन् भने दार्चुलामा प्रहरीले नै यालीलाई अवरोध पुर्याउने काम गरेको थियो । तैपनि सबै अवरोधलाई चिर्दै ‘कालापनी अभियान’ महेन्द्रनगर पुगेको छ ।

    महेन्द्रनगरमा अभियानका समापन हुँदैछ । समापन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ ।
    विभिन्न अवरोध छिचोल्दै समापनमा पुगेको अभियानमा सहभागीहरु के भन्छन् ? हामीले केही सहभागीहरुसँग कुरा गरेका छौँ ।

    महेश भट्ट, अखिल (छैठौं) कञ्चनपुर जिल्ला अध्यक्ष
    राष्ट्रियता रक्षाको लागि देश बचाउने अभियानमा हिँड्न पाउँदा धेरै खुशी लागेको छ । कार्यक्रम राम्रो थियो । हामी जहाँ–जहाँ पुग्यौं, जनताले निकै सपोर्ट गरे । अभियानलाई जनताले सकारात्मक रुपमा लिएका छन् । धेरै ठाउँमा हाम्रो यालीलाई स्वागत गरेका थिए ।

    यसले सीमा अतिक्रमण विरुद्ध सबै उठ्ने माहोल बनेको मैले बुझेको छु । राष्ट्रियता रक्षाका लागि जनता सडकमा उभिन तयार छन् तर, नेतृत्वको खाँचो छ । जनताले हाम्रो पार्टी (राष्ट्रिय जनमोर्चा) प्रति विश्वास प्रकट गरेका छन् । त्यो आन्दोलनको नेतृत्व अब हामीले नै गर्नुपर्छ ।

    अञ्जना मास्के, अनेमसंघ कैलाली जिल्ला सदस्य
    रोमाञ्चक यात्रामा जनताको सपोर्ट पाउँदा अत्यन्त खुशी लाग्यो । बर्तमान सन्दर्भमा कालापानी, लिपुलेकलगायतका भूभाग भारतले आफ्नो कब्जामा पारेको र त्यस विरुद्ध जनता जागृत भइरहँदा हामीले सञ्चालन गरेको अभियानप्रति जनताले दिलदेखि नै स्वागत गरे । यसले एकातिर हाम्रो पार्टीप्रति जन विश्वास बढेको छ भने अर्कोतिर राष्ट्रियताप्रति जागरण पनि बढाएको छ ।

    यात्राका क्रममा कतिपय साथीहरु तराईमा मात्रै मोटरसाइकल चलाएका र पहाडको अनुभव नभएका थिए । त्यसले गर्दा ठाउँ ठाउँमा साथीहरु लडे, कति घाइते भए । दार्चुलामा त प्रहरीले नै हाम्रो अभियानलाई अवरोध गर्यो । त्यसले गर्दा सजिलो बाटो छोडेर अप्ड्यारो भीरको बाटो हिँड्नुपर्यो । त्यहाँ पनि केही साथीहरुको मोटरसाइकल पल्टियो । समग्रमा यो अभियान एकदमै सकारात्मक रह्यो ।

    अमिर कुँवर, युवक संघ कञ्चनपुर जिल्ला अध्यक्ष
    हाम्रो अभियानले सुदूरपश्चिमका जनता सीमा अतिक्रमणको विरुद्ध उठ्ने माहोल बनेको छ । यसले सुदूरपश्चिममा मात्रै होइन देशैभर जागरण ल्याएको छ । जनताको कुरा सुन्दा राष्ट्रियता रक्षाका लागि २०६२/०६३ सालको जस्तै अर्को आन्दोलनको खाँचो महसुस भयो । जनता त्यसका लागि तयार छन् । तर, नेतृत्व तयार हुनुपर्यो । जनताको दबाब भयो भने सरकारले पनि अतिक्रमण हटाउन पहल गर्छ जस्तो लाग्छ ।

    यो अभियानले हाम्रो पार्टीको संगठन नभएका ठाउँमा पनि हामी प्रति विश्वास जगाएको छ । जनता राजमोमा संगठित हुन चाहेका छन् । अब राष्ट्रियता रक्षासँगै संगठन निर्माणलाई पनि अघि बढाउनुपर्ने देखिन्छ । त्यो माहोल पनि बनेको छ ।

    दयाराम सञ्ज्याल, राजमो कैलाली जिल्ला अध्यक्ष
    यो राष्ट्रियताको सवाल भएका कारण जनस्तरबाट राम्रो रेस्पोन्स पाइयो । ठाउँ ठाउँमा जनताले स्वागत गरे । सुदूरपश्चिममा यसले नयाँ उर्जा ल्याएको छ । आम रुपमा राजमोको मुद्दासँग जनता जोडिएका छन् । यसले संगठन निर्माणको माहोल पनि बनाएको छ ।

    मङ्गलबार, मङि्सर १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.