दुर्गानाथ खरेल ##
दास विद्रोह तेस्रो विद्रोह भए पनि इतिहासमा पहिलो जनक्रान्तिको रूपमा अङ्कित छ । दासहरूको तेस्रो विद्रोह इसाको जन्मभन्दा ७३ वर्षपहिले भएको थियो । त्यसका नेता थ्रोसियन ग्लैडियटर दास स्पार्टाकस थिए । त्यस क्रममा करिब चार वर्षसम्म सुसङ्गठित र योजनाबद्ध लडाइँ चल्यो । रोमन सेनालाई पराजित गरेर सम्पूर्ण रोमन साम्राज्यको जग हल्लायो ।
प्रत्येक वर्ष परिवर्तन गरिने रोममा काउन्सल भनिने दुई जना शासक थिए । प्लेबियन भन्ने स्वतन्त्र नागरिकहरूको बहुमत जनसङ्ख्या र पेट्रिसियस भन्ने सामन्तहरूको जनसङ्ख्यामा तेस्रो पक्ष दास वर्ग पनि थियो ।
रोमको गृहयुद्धमा सम्पूर्ण ढाँचाहरू डगमगाए । त्यही अवस्थामा एकपछि अर्काे गर्दै तीनपटक विद्रोह गरे । पहिलो विद्रोह साधारण तरिकाले दबाइयो । दोस्रो विद्रोह दबाउन पोम्पियस मेगनस जनरलले सैनिकहरूको प्रयोग गरेका थिए । तेस्रो विद्रोह सुरु हुनुभन्दा पहिले बाटियाटसले कोपुवाको स्कुलमा स्पार्टाकससहित दुई सय ग्लाडिएरहरू राखिएका थिए । वाटियाटसले २५ हजार दिनारमा दुई जोडी आमरण द्वन्द्व देखाउन लाग्दा विद्रोह सुरु भयो ।
स्पार्टकस नेतृत्वको सेनामा बाटाबाटैबाट दासहरू थपिने गर्दथे । सङ्ख्यामा एक लाख पुगिसकेको थियो । एउटै ठुलो लडाइँमा दश हजारसम्म दास लडाकुसमेत मारिएका थिए । रोमन सेनापतिको नेतृत्वमा आएको ठुलो सङ्ख्याको सेनाले स्फर्टाकसलाई लड्दा लड्दै मारेका थिए । ६,७७२ दास सेनलाई गिरफ्तार गरेर रोमनदेखि कोपुवासम्मको सडकपेटीमा काठका फल्याकमा झुन्ड्याएर मृत्युवरण गराएका थिए ।
स्पार्टाकसले त्यो दास विद्रोहको नेतृत्व गरे । उनले कुनै दाससँग नलड्ने प्रतिज्ञाका साथ सबैभन्दा पहिले मािलकहरूमध्येका पुलिस प्रशिक्षकलाई सफाया गरे । रोमको सिनेटले पठाएका बारिनियसको नेतृत्वका तीन हजार सेनालाई रातको समयमा मस्तसँग सुतेको समयमा आक्रमण गरेर हटाए ।
स्पार्टकस नेतृत्वको सेनामा बाटाबाटैबाट दासहरू थपिने गर्दथे । सङ्ख्यामा एक लाख पुगिसकेको थियो । एउटै ठुलो लडाइँमा दश हजारसम्म दास लडाकुसमेत मारिएका थिए । रोमन सेनापतिको नेतृत्वमा आएको ठुलो सङ्ख्याको सेनाले स्फर्टाकसलाई लड्दा लड्दै मारेका थिए । ६,७७२ दास सेनलाई गिरफ्तार गरेर रोमनदेखि कोपुवासम्मको सडकपेटीमा काठका फल्याकमा झुन्ड्याएर मृत्युवरण गराएका थिए । त्यो दास व्रिदोहको अन्त्य नभई सुरुवात थियो ।
त्यतिखेर दासहरू मण्डीमा जम्मा पारेर बिक्री गरिन्थ्यो । मालिकहरूको निर्देशनमा जस्तोसुकै अप्ठेरो भए पनि काम गर्नुपर्ने र मालिकको इच्छाअनुसार मृत्युवरण या बिक्री हुने मात्र विकल्प रहन्थे । विद्रोह गर्ने र विद्रोही हुने सजिलो र चानेचुने कुरा थिएन । जस्तोसुकै कडा सजाय र मृत्युवरण सामान्य कुरा हुन्थे । त्यस्तो प्रतिकूल अवस्थामा लाखौँको सङ्ख्यामा विद्रोही सेना बनाएर लडाइँको च्यालेन्ज दिएको दास विद्रोह साँच्चै अत्यन्त ठुलो बहादुरीको काम थियो । शोषण र अन्याय महसुस गर्ने एउटा पक्ष र मामुली पक्ष हो । त्यसका विरुद्ध सङ्गठित विद्रोह गर्ने त्योभन्दा उच्च काम हो । त्योभन्दा पनि उच्च काम निश्चित उद्देश्यसहित ठोस अवस्थाको ठोस विश्लेषण गरेर विद्रोह सफल पार्नुका साथै सधैँका लागि शोषण र दमनको शासन उन्मूलन गर्न कटिबद्ध हुने हो ।
दास विद्रोहमा आफूमाथि भएको अन्याय र अत्याचारको प्रतिकृया त अवश्य थियो तर समानताको उद्देश्यसहितको उज्ज्वल भविष्यको योजना थिएन । कुनै दीर्घकालीन शासन र शासनयन्त्र निर्माण र सञ्चालन गर्ने योजनासहितको विद्रोह थिएन । त्यति हुँदाहुँदै पनि जुन विद्रोह उठाउन सफल भए र सहभागिता बढाउँदै लगे, त्यो मानव इतिहासको महान् कदम अवश्य थियो । शासक बन्ने र शासन गर्ने मात्र होइन, समानताका लागि योजना बनाउने अवस्था परिपक्व भइसकेको थिएन ।
पेरिस कम्युनका लागि भएको अवस्थामा पर्सियाका शासक विस्मार्कसँगको लडाइँमा फ्रान्सको पराजय भएको थियो । हारेर सन्धि भएको थियो । फेब्रअरी १८७१ को चुनावबाट चुनिएका ६०० जना प्रतिनिधिमध्ये ४०० ले शान्ति चाहान्थे र २०० मात्रले गणराज्य चाहेका थिए । २६ जनवरीमा असेम्बलीले पर्सियासँग शान्ति सन्धि गर्यो । पर्सियालाई हातहतियार सुम्पिए । पेरिसको नेसनल गार्डले आफैसँग आफ्नो तोप राखे । सरकारका प्रमुख थियरको नेसनल गार्डसँग लड्न सक्ने हिम्मत थिएन । तर पनि नेसनल गार्डलाई निशस्त्र पार्ने योजना थियो । तोप खोस्न दुईओटा जेनेरलको नेतृत्वमा दुई डफ्फा सैनिकहरू पठाइएको थिए । नेसनल गार्डका सिपाहीले दुवै जेनेरलहरूलाई मारिदिने गरी हराए । १८ मार्चमा थिएर आफ्नो सरकार र फौजसँगै भर्साइल भाग्यो । पर्सियाको फौजले विस्र्माकको निर्देशनानुसार थियरलाई साथ नदिएकाले भर्साइलबाट थियरले पेरिससँग सन्धिको नाटक गर्यो ।
मजदुर र सर्वसाधारण जनताको पक्षमा काम गर्दागर्दै २१ मेदेखि २८ मेसम्म थियरका सेनासँग लडेर जीवन उत्सर्ग गरेका २६ हजार पेरिसवासी मजदुरहरू गोलीको निसानमा परे । ४५ हजार गिरफ्तारमध्ये धेरैले मृत्युवरण गरे । केही कालापानी र निर्वासन तथा जेल पठाइए । समग्रमा एक लाख पेरिसका मजदुरहरू हताहतीमा परे । ती वीर योद्धाहरूको सहादातले पेरिस कम्युनलाई पुस्तौँपुस्तासम्म अमर राख्ने योगदान गरे ।
२६ मार्चमा पेरिसमा मजदुरहरूको कम्युन निर्वाचित भयो । २८ मार्चमा टाउनहलमा सरकारको विधिवतः घोषणा भयो । त्यही कम्युनले पुलिस भङ्ग गर्दै राष्ट्रिय गार्ड मात्रै सशस्त्र सेना भएको घोषणा गर्यो । राष्ट्रिय गार्डको उन्नाइसौँ बटालियनले मान्छे मार्ने मेसिन गिलेटिन जलाएर नष्ट गर्यो । घरभाडा मिनाह गर्ने, ऋणको धितो लिलाम गर्न बन्द गर्ने, कम्युनको स्थापनालाई विश्व जनतन्त्रको स्थापना मान्ने, कुनै पनि कर्मचारी र कम्युनका सदस्यहरूको अधिकतम तलबमान तोक्ने, चर्चलाई राज्यबाट अलग गर्ने र चर्चलाई राज्यकोषबाट सहयोग बन्द गर्ने, चर्चको सम्पूर्ण सम्पती राष्ट्रियकरण गर्ने, मालिकहरूले बन्द गरेका मिल तथा उद्योगहरू सञ्चालन गर्न मजदुर समितिलाई जिम्मा लगाउने, पाउरोटी कारखानामा राति काम गराउन रोक्ने निर्णय गर्यो ।
मजदुर र सर्वसाधारण जनताको पक्षमा काम गर्दागर्दै २१ मेदेखि २८ मेसम्म थियरका सेनासँग लडेर जीवन उत्सर्ग गरेका २६ हजार पेरिसवासी मजदुरहरू गोलीको निसानमा परे । ४५ हजार गिरफ्तारमध्ये धेरैले मृत्युवरण गरे । केही कालापानी र निर्वासन तथा जेल पठाइए । समग्रमा एक लाख पेरिसका मजदुरहरू हताहतीमा परे । ती वीर योद्धाहरूको सहादातले पेरिस कम्युनलाई पुस्तौँपुस्तासम्म अमर राख्ने योगदान गरे ।
सन् १८४८ मा कम्युनिस्ट घोषणापत्रको प्रकाशनपछि राज्यसत्ता प्राप्तिको आन्दोलनलाई नजिकबाट नियालिरहेका माक्र्स र एङ्गेल्सले पेरिस कम्युनको ७२ दिनको जीवन र अन्त्यपछि कम्युनिस्ट घोषणापत्रको प्रकाशनपछिको पहिलो मजदुर राज्यसत्ताको स्थापना गर्ने र जोगाउन नसक्ने गरेका प्रत्यक्ष प्रमाणलाई हेरेर आफूहरूको पहिलेको प्रस्तावनामा परिवर्तन गरी मजदुरहरूले परम्परागत राज्ययन्त्रलाई कब्जा गरेर आफ्नो वर्गीय उद्देश्य परिपूर्तिमा उपयोग गर्न सक्दैनन्, त्यसकारण राज्यसत्तालाई चकनाचुर पार्नैपर्ने हुन्छ† बनिबनाउ राज्ययन्त्र राखेर काम चल्दैन भन्ने निष्कर्ष निकाल्नैपर्ने अवस्थामा पुगे । त्यसैले होला, पेरिस कम्युनको हारपछि माक्र्सले “स्वर्ग कब्जा गर्ने उच्च त्याग” भनेर कम्युनार्डहरूको प्रशंसा गर्न पुग्नुभयो ।
पेरिस कम्युन शोषित वर्गको विद्रोह दास विद्रोहपछिको दोस्रो भए पनि निश्चित उद्देश्यप्राप्तिका लागि भएको यो पहिलो जनक्रान्ति थियो । माक्र्सले जनताको सहभागितालाई आन्दोलन र क्रान्तिमा सबैभन्दा उच्च महत्त्व दिनुहुन्थ्यो ।
जनताको राजनैतिक स्तर उठाउने र जनसहभागिता बढाउने दुवै काम उत्तिकै बढी महत्त्वका काम हुन् । जनताको सहभागिता नभइकन राज्यसत्ता टिक्न पनि सक्दैन । आमूल परिवर्तन पनि हुन सक्दैन । पेरिस कम्युन जनसहभागिताको उच्चता भएको क्रान्ति हुँदाहुँदै पनि नेतृत्वको परिपक्वताको कमी एकातिर र समयको कमी अर्काेतिर—दुईओटै कारणले लामो समयसम्म टिकेन ।
सन् १८९८ मा गठन भएको रुसी सामाजिक जनवादी मजदुर पार्टीलाई जारशाहीसँग घृणा थियो । सन् १९०३ को दोस्रो महाधिवेशनमा बनेको बोल्सेभिक पार्टीले एकतन्त्रीय जारशाही समाप्त पार्ने न्यूनतम कार्यक्रम, समाजवादी व्यवस्था अधिकतम कार्यक्रम निश्चित ग¥यो । लेनिनको नेतृत्वमा गठन भएको उक्त पार्टी सोभियतलाई सत्ता सुम्पनुपर्ने प्रचारमा लाग्यो । २१ फेबु्रअरीमा १० हजार सैनिक विद्रोही मजदुरसँग मिल्न गए । विद्रोही फौजको सङ्ख्या सात लाख पुग्यो । मजदुर र सैनिकहरू मिलेर पेट्रोगार्ड सोभियत बनाए ।
अक्टोबर समाजवादी क्रान्ति प्रथम विश्वयुद्धको सिलसिलामा सम्पन्न भएको थियो । प्रथम विश्वयुद्ध हुनुको मूल कारण जर्मन र ब्रिटिस पुँजीको अन्तरविरोध थियो । त्यो विश्वयुद्धमा ३५ लाख मानिस मारिएका, दुई करोड घाइते भएका र ३५ लाख अपाङ्ग भएका थिए (अभयकुमार दुवे, अनु. प्रकाश थापा, पृ. ८७) ।
विश्वयुद्धमा रुस, ब्रिटेन र फ्रान्स एकातिर, जर्मन, अस्ट्रिया र हङ्गेरी अर्काेतिर भएको भए पनि ३८ देश सहभागी भएका थिए । आम्दानी जर्मनको छ गुना, ब्रिटेनको ५ गुना बढ्यो भने सबैभन्दा बढी मुनाफा अमेरिकाले कमायो । अगस्त १९१४ बाट फेबु्रअरी १९१७ सम्मको ३० महिनामा रुसमा मन्त्रिपरिषद्का ४ ओटा अध्यक्ष, ६ ओटा गृहमन्त्री र ४ ओटा युद्धमन्त्री बदलिएका थिए ।
सन् १८९८ मा गठन भएको रुसी सामाजिक जनवादी मजदुर पार्टीलाई जारशाहीसँग घृणा थियो । सन् १९०३ को दोस्रो महाधिवेशनमा बनेको बोल्सेभिक पार्टीले एकतन्त्रीय जारशाही समाप्त पार्ने न्यूनतम कार्यक्रम, समाजवादी व्यवस्था अधिकतम कार्यक्रम निश्चित ग¥यो । लेनिनको नेतृत्वमा गठन भएको उक्त पार्टी सोभियतलाई सत्ता सुम्पनुपर्ने प्रचारमा लाग्यो । २१ फेबु्रअरीमा १० हजार सैनिक विद्रोही मजदुरसँग मिल्न गए । विद्रोही फौजको सङ्ख्या सात लाख पुग्यो । मजदुर र सैनिकहरू मिलेर पेट्रोगार्ड सोभियत बनाए । त्यतिखेर रुसको राजधानी पेट्रोगार्ड नै थियो ।
सोभियत सन् १९०५–०७ को असफल क्रान्तिको समयमा मजदुर, किसान र सैनिकहरूको निर्वाचित राजनैतिक सङ्गठन थियो । क्रान्तिकारीबाट छुटकारा पाउन डुमामा रहेका पुँजीपतिका प्रतिनिधिहरूले चालाकीसाथ संसद्को अन्तरिम समिति घोषणा गरेर २ मार्चमा अस्थायी सरकारलाई सत्ता सुम्पियो । अस्थायी सरकार केरेन्स्कीको नेतृत्वमा गठन भएको थियो । केरेन्सकीको सरकार र सोभियतहरूको सरकार गरी दुई सरकार निर्माण भयो । बोल्सेभिकहरूको छैटौँ महाधिवेशनले सशस्त्र विद्रोहको तयारी गर्ने र परिस्थितिलाई पर्खने नीति बनायो । ४० हजार क्रान्तिकारीहरूले हतियार उठाए । अक्टोबर २४–२५ को राति केन्द्रीय संस्थाहरू कब्जा गरेर २५ अक्टोबरमा क्रान्तिकारी सैनिक समितिले रुसी नागरिकलाई अपिल गर्यो । २६ अक्टोबरको राति अस्थायी सरकारले नागरिकका नाममा अपिल प्रकाशित ग¥यो । लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले सत्ता सञ्चालन गर्यो ।
अक्टोबर क्रान्ति लेनिनको नेतृत्वमा सम्पन्न भएको थियो । पेरिस कम्युनमा भएको धेरै क्षतिलाई ख्याल गरेर लेनिनले आफ्नो पार्टीको राजनीति खुला गरे पनि संयन्त्र भूमिगत बनाएका थिए । दोस्रो कुरा, क्रान्तिको अभिभारा पूरा गर्नुपर्ने भएकाले पार्टीको सदस्यतामा तीनओटा सर्त राजनीति स्वीकार गर्ने, प्रत्येक महिना लेबी तिर्ने र कुनै न कुनै समितिमा आबद्ध भएर समितिले दिएको जिम्मा पूरा गर्नैपर्ने गरी अनिवार्य रूपमा पूरा नगर्नेलाई सदस्यता नदिने नियम कडाइपूर्वक लागु गरेका थिए ।
अर्को कुरा, आफ्नो तीक्ष्ण बुद्धिको प्रयोग गरी ठोस अवस्थाको ठोस विश्लेषण गर्न सक्ने क्षमताको विकास गरेका थिए; आन्दोलनका ज्वारभाटाको अनुभव बटुलेका थिए र सर्वहारा वर्गीय अधिनायकत्व र मजदुर–किसानको पार्टी बनाउने काममा सिपालु थिए । छलफलमा स्व्तन्त्रता र काममा एकताको तरिका पनि लागु गरे–गराएका थिए ।
कम्युनिस्ट पार्टी शोषित–उत्पीडित मजदुर र किसानको पक्षमा काम गर्ने पार्टी हो । त्यसैले कम्युनिस्ट पार्टी जनताको पक्षमा काम गर्ने नेताहरूको पार्टी हो । सर्वधारण जनता कम्युनिस्ट पार्टीको सदस्य भई काम गर्न सक्दैनन् । कम्युनिस्ट पार्टी जनताको प्रतिनिधि संस्था भएको हुनाले सबैभन्दा पहिले कम्युनिस्ट पार्टीका सदस्यले जनताको राजनैतिक चेतना उच्च बनाउने सङ्कल्पका साथ काम गर्नुपर्छ ।
उपर्युक्त सूत्रहरूको प्रयोग मात्र गर्ने हो भने पनि नेपाली क्रान्ति सम्भव र निश्चित हुने थियो । क्रान्तिका कुरा धेरैले गछौँ तर अध्ययन, अनुशासन र निरन्तरतामा पटक्कै ध्यान गएको पाइन्न । त्यही कारण हो कि क्रािन्तका कुरा हाँसोमा उड्छन् । क्रान्तिको जिम्मा आफ्नो सम्झने होइन, अरू कुनै बहादुरको जिम्मा लगाएर उसले पूरा गर्न नसकेकोमा आफूले गिल्ली गछौँ र यो नै हाम्रो पिछडिएको चिन्तनको द्योतक हो । आफ्नो जिम्माको काम आफैले पूरा गर्न सचेत र सजग बन्ने प्रेरणा बोल्सेभिक पार्टीको अक्टोबर क्रान्तिले दिएको छ ।
कम्युनिस्ट पार्टी शोषित–उत्पीडित मजदुर र किसानको पक्षमा काम गर्ने पार्टी हो । त्यसैले कम्युनिस्ट पार्टी जनताको पक्षमा काम गर्ने नेताहरूको पार्टी हो । सर्वधारण जनता कम्युनिस्ट पार्टीको सदस्य भई काम गर्न सक्दैनन् । कम्युनिस्ट पार्टी जनताको प्रतिनिधि संस्था भएको हुनाले सबैभन्दा पहिले कम्युनिस्ट पार्टीका सदस्यले जनताको राजनैतिक चेतना उच्च बनाउने सङ्कल्पका साथ काम गर्नुपर्छ ।
कम्युनिस्ट आन्दोलन आफ्नो घोषणापत्रसहित १८४८ फेबु्रअरीदेखि सुरु भएको भए पनि शोषित–उत्पीडितहरूको आन्दोलनको उच्च रूप इसापूर्व पहिलो शताब्दीको दास विद्रोहबाटै सुरु भएको थियो । यद्यपि दास विद्रोहको राजनैतिक उद्देश्य निश्चित थिएन तर पनि उच्च स्तरको विद्रोह भएका कारण दास व्यवस्था टिक्दै नसक्ने गरी धरासायी भएको थियो ।
पेरिस कम्युन समाजवाद स्थापना गर्ने र पुँजीको प्रभुत्व समाप्त पार्ने निश्चित उद्देश्यसहितको पहिलो क्रान्ति थियो । ७२ दिन मात्र सञ्चालन भएको त्यो पहिलो समाजवादी राज्यसत्ताले अहिलेसम्म मात्र होइन, पुस्तौँपुस्तासम्मको भविष्यमा पनि प्रेरणा दिइरहने छ र मानव समाजमा त्यो क्रान्ति अमर रहने छ ।
कमी–कमजोरी हटाउँदै अक्टोबर क्रान्तिबाट प्राप्त राज्यसत्ता ४० वर्षसम्म र चिनिया नयाँ जनवादी क्रान्तिले आफ्नो २७ वर्षे शासन शासनकालमा १० वर्षसम्म महान् सर्वहारा सांस्कृतिक क्रान्तिको छापसमेत मानव समाजमा प्रेरणाका श्रोत बनेकै छन् ।
त्यही क्रान्तिलाई आधार मानेर त्यतिखेरका कमी–कमजोरी हटाउँदै अक्टोबर क्रान्तिबाट प्राप्त राज्यसत्ता ४० वर्षसम्म र चिनिया नयाँ जनवादी क्रान्तिले आफ्नो २७ वर्षे शासन शासनकालमा १० वर्षसम्म महान् सर्वहारा सांस्कृतिक क्रान्तिको छापसमेत मानव समाजमा प्रेरणाका श्रोत बनेकै छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीतिक ठोस अवस्थाको ठोस विश्लेषण गरेर भएका शोषित वर्गका राजनैतिक क्रान्तिहरूको इतिहास ख्याल गरेर अब पनि क्रान्तिकारीहरूले राजनैतिक पार्टी र राजनैतिक आन्दोलनमार्फत् शोषित–उत्पीडित जनताको मुक्तिका लागि क्रान्ति सम्पन्न गर्ने र राज्यसत्ता कब्जा र सञ्चालन गर्नुपर्छ ।