काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधबीच बसेको प्रतिनिधि सभाको बैठक स्थागित भएको छ ।
Advertisement
सभामुख अग्नि सापकोटाले फागुन २२ गते आइतवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
दिउँसो सवा १ बजेदेखि सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी जारी राखेको थियो ।
अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन भएपछि पहिलो पटक संसद बैठक बसेको हो। एमालेको अवरोधबीच आएतबार संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भइसकेको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानुनमन्त्री दिलेन्द्र बडूले पेश गर्नुभएको छ ।