कञ्चनपुर । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै कञ्चनपुरको ग्रामिण क्षेत्रमा विरोध प्रदर्शन भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा र नेकपाले संयुक्त रुपमा शनिबार बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा आयोजित कोणसभालाई राजमोका जिल्ला अध्यक्ष रामबहादुर कार्की र नेकपाका केन्द्रीय सदस्य राम बहादुर चौधरीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो जिल्ला सचिव अहिमान थापाले गर्नु भएको थियो ।