वीरेन्द्रनगर । राष्ट्रघाती एम.सी.सी. विरुद्ध २०७८ फागुन १३ गते सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश सचिव पूर्णबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का देवेन्द्र शाही, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र समाजवादी) का धर्मराज बेडुवाल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका याम विकले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले एम.सी.सी. राष्ट्रघाती भएको भन्दै देशभरिका जनता सडकमा उर्लिरहेका बेला त्यसलाई तुरुन्त खारेज गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा सुर्खेतका कोषाध्यक्ष विष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।