गणेश अधिकारी, पोखरा ।
अमेरिकी सहायता परियोजना एमसीसी खारेजीको माग गर्दै कास्की जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।
Advertisement
देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने केन्द्रीय कार्यक्रम अन्तर्गत बिहीबार पोखरामा नेकपा (मसाल) सहित ८ राजनीतिक दलले जिल्ला प्रशासन कार्यलय घेराउ गरेका हुन् ।
कार्यक्रममा आन्दोलनरत कार्यकर्ताहरुले ‘एमसीसी चाहिँदैन, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, दलालहरु होसियार, देश बेच्न पाइँदैन’ जस्ता नाराहरु लगाएका थिए ।
कार्यक्रममा नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसीले सबै आन्दोलनकारीको तर्फबाट सम्बोधन गर्नु भएको थियो भने नेकपाका कार्यालय सचिव काजी गुरुङले सञ्चालन गर्नुभएको थियो ।
