काठमाडौँ । आज (बिहीबार) बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
Advertisement
कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर संसद बैठक स्थगित गरिएको हो। बैठक दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो।
यसअघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल अघि बढाउने दलहरुबीच सहमति भएको थियो । अब अर्को बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आज काठमाडौंको बानेश्वरसहित देशैभर एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शन चर्कँदै गएपछि संसद बैठक एक दिनका लागि स्थगित गरिएको हो ।
