काठमाडौं । दाङ ३ (ख) प्रदेशसभामा नेकपाका उम्मेदवार बिमलाकुमारी खत्री विजयी भएकी छन् । खत्री ५ हजार १०४ मतान्तरले विजयी भएकी हुन् ।
Advertisement
२४ हजार २८६ मत ल्याएर खत्री विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत ल्याएका छन् ।
यो क्षेत्रमा ०७४ सालको चुनावमा तत्कालिन एमालेका उत्तरकुमार ओली २३ हजार ९७० मत ल्याएर विजयी भएका थिए । त्यतिबेला कांग्रेसले १७ हजार ५३५ मत ल्याएको थियो ।
आइतबार राति सम्पन्न मतगणना अनुसार साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका छोटी लाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।