अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ७ मा अखिल नेपाल महिला संघको भेला सम्पन्न भएको छ । भेलाले शान्ता पौडेलको अध्यक्षतामा ११ सदस्यीय महिला संघ वडा समिति चयन गरेको छ ।
Advertisement
समितिको उपाध्यक्षमा सरिना खातुन, सचिव सरस्वता थापा, सहसचिव सरिता पाण्डे र कोषाध्यक्षमा आरता टण्डन चयन हुनुभएको छ । सदस्यहरुमा शिला सुनार, रमा पौडेल, निर्मला भट्टराई, विष्णु भट्टराई, गिता पाण्डे केसी र वसन्ता भट्टराई रहनुभएको छ ।
फागुन १० गते सम्पन्न सो भेलाको अध्यक्षता विष्णु भट्टराई, सञ्चालन निर्मला भट्टराई र स्वागत आरता टण्डनले गर्नुभएको थियो ।