बाग्लुङ। बाग्लुङ २ (ख) मा भएको प्रदेशसभा उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेद्वार खिमविक्रम शाहीको अग्रता कायमै छ ।
Advertisement
शाहीले ५ हजार ५६ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका जीतबहादुर शेरचनको ३ हजार ७ सय ५६ मत छ । शाहीले कांग्रेसका शेरचनलाई १३ सय मतान्तरले पछी पार्नुभएको छ ।
अहिले सम्म ढोरपाटन नगरपालिका १, २ र ३, निसीखोला गाउपालिका १ र २ तमानखोला गाउपालिका १ र २ मतदान केन्द्रको मतगणना सकिएको छ ।
ढोरपाटन नगरपालिका, निसीखोला गाउपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १ सय ८४ रहेकोमा २१ हजार ८ सय ९५ मतदाता (६१ प्रतिशत) ले मतदान गरेका थिए ।