पोखरा । कास्की २ प्रतिनिधि सभामा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । भट्टराई प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेल भन्दा साढे ८ हजार मतान्तरले विजयी भइन् ।
भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पौडेलले १५ हजार ९८६ मत पाएका छन् ।
निर्वाचित भएपछि भट्टराईले यो जीत रवीन्द्र अधिकारीको जीत भएको बताएकी छन्। स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले अब रवीन्द्र अधिकारीको सपना पूरा गर्ने पनि बताएकी छन्।
यद्यपी, निर्वाचन आयोगले जीतको आधिकारिक घोषणा गर्न बाँकी छ ।भट्टराई विजयी भएपछि कांग्रेस उम्मेद्वार पौडेलले बधाई दिएका छन् । ‘ल बधाई छ है,नेकपाका साथीहरुलाई’, उनले भने र माला लगाइदिए ।
उनले मतगणनास्थलमै पुगेर बधाई दिँदा विद्यासँग सँगै रहेकाले धन्यवाद गुरु भनेका थिए ।विद्यार्थी राजनीतिबाट अलग्गिएपछि लामो समय प्राध्यापन पेशामा संलग्न रहकी भट्टराई आफ्ना पति रवीन्द्र अधिकारीको निधनपछि पुन राजनीतिमा सक्रिय भएकी हुन्।

