गणेश अधिकारी, पोखरा ।
एम.सी.सी. को विरुद्धमा राष्ट्रिय जनमोर्चा कास्कीले विरोधसभा सम्पन्न गरेको छ ।
Advertisement
नाराबाजीसहित २०७८ फागुन ४ गते सभागृहबाट सुरु भएको उक्त जुलुसले पोखराको पृथ्वीचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वक्ता राजमो गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले एम.सी.सी. देशको सार्वभौमसत्ताकै विरुद्ध भएकाले त्यसको विरुद्ध सशक्त आन्दोलन आवश्यक रहेको बताउनुभयएको थियो । उहाँले एम.सी.सी. संसद्बाट कुनै पनि हालमा पारित गर्न नहुनेमा जोड दिनुभएको थियो ।
सभालाई नेकपा (मसाल) का कास्की प्रवक्ता चन्द्रबहादुर केसीले पनि गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले गर्नुभएको थियो ।
