टेकराज भुसाल, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ मा अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न भेलाले गणेश सुनारको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा युवराज खनाल, सचिव सुरज क्षेत्री, सहसचिव महेन्द्र सुनार र कोषाध्यक्षमा तारा खनाल चयन हुनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी, लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कुलराज खनाल र केन्द्रीय सदस्य कृष्ण खनाल, अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाल, प्रगतिशील पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष जितेन्द्र खत्री, राष्ट्रिय जनमोर्चा भूमिकास्थान–२ का अध्यक्ष बाबुराम खनाल र भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम अखिल नेपाल युवक संघ भूमिकास्थान २ का अध्यक्ष मोहन भुसालको अध्यक्षता, टेकराज भुसालको सञचालन र खिम बहादुर राउतको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।