• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

३९ स्थानको मत परिणाम सार्वजनिक, को कहाँ विजयी ?

"नेकपा २२, कांग्रेस११, राजपा र समाजवादी तीन/तीन स्थानमा विजयी "

  •   आइतबार, मङि्सर १५, २०७६ मा प्रकाशित
  • काठमाडौं । विभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को आइबतबार बिहानसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

    Advertisement

    निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली कांग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।

    मतगणना भइरहेको कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेकपाकी विद्या भट्टराईले अग्रगता लिएकी छन् भने भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा नेपाली कांग्रैसले अग्रता लिएको छ । यस्तै, धरान उपमहानगरपालिका प्रमुखमा पनि नेकपाका उम्मेद्वार नै अगाडि छन् ।

    प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख) को मतगणना आज शुरु हुने सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम चलिरहेको छ।

    को कहाँ विजयी ?

    पछिल्लो मत परिणाम अनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलाल यादव विजयी भएका छन्। यादवले १ हजार ६० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका असेश्वर यादवले ८ सय १२ मत ल्याएका छन् भने नेकपाका उदयशंकर रौनियारले २ सय ३२ मत ल्याएका छन्।

    रौतहटको गढीमाई नगरपालिका २ मा कांग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ ७७१ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम नेकपाका जबाहर मियाले ५९६ मत ल्याएका छन्।

    रामेछापको उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्षमा नेकपाका कुलबहादुर बस्नेत विजयी भएका छन्। बस्नेत ७ सय ६९ मत प्राप्त गर्दा कांग्रेसकी सावित्री सुनुवारले ३ सय ८० मत पाएकी छन्।

    डोटीको आदर्श गाउँपालिका २ को वडाध्यक्षमा नेकपाका उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्। बोहराले ६८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ।

    त्यसैगरी गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ मा वडाअध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपाका गिरीप्रसाद सिञ्जाली विजयी भएका छन्। सिञ्जालीले ८ सय २ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार वेदप्रसाद दर्लामीले ७ सय २७ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत राजेन्द्र पोखरेलले जानकारी दिए।

    सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन्। यादव ८ सय २५ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटम प्रतिस्पर्धी राजपा नेपालका उम्मेदवार प्रदिप महतोले ६ सय ५४ मत र नेपाली कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत प्राप्त गरेका छन्।

    कपिलवस्तुको शिवराज नगरपालिका–१० को वडाध्यक्षमा राजपाकी उम्मेदवार मन्जु मिश्र विजयी भएकी छन्। खसेको १ हजार ७ सय २२ मध्ये ८ सय ६८ मत ल्याएर मिश्र विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका देव भारती ले ४ सय ६५ र नेकपाका अदालत मनिहारले १ सय ४७ मत ल्याएका छन्।

    त्यसैगरी पाँचथरको फिदिम नगरपालिका–१ मा नेकपाका उम्मेदवार गजाधर भट्टराई वडाध्यक्षमा निर्वाचित भएका छन्। खसेको २ हजार ६ सय ८२ मतमध्ये १ हजार ४ सय ४६ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन्। कांग्रेसका सुबराज थापाले ९ सय ७२ मत प्राप्त गरेका छन्।यसअघिको चुनावमा कांग्रेसले जितेको फिदिम–१ मा यसपटक नेकपाका उम्मेदवार विजयी भएको छ।

    हिलिहाङ गाउँपालिका–७, मा भने नेकपाका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलविक्रम इधिङगो विजयी भएका छन्।

    दाङको घोराही उपमहानगरपालिका–१६ मा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। कांग्रेसका ताराबहादुर डाँगीले नेकपाका सुरेशबहादुर केसीलाई पराजित गरेका हुन्। डाँगीले १२१८ र केसीले १११७ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट विजयी भएका छन्। भट्टले ५८४ मत ल्याउँदा नेकपाका नरेन्द्रप्रसाद भट्टले ४८४ मत प्राप्त गरेका छन्।

    प्युठान नगरपालिका– २ को वडाध्यक्षमा नेकपाका मुक्ति पोख्रेल ११२७ मत ल्याएर विजयी भएका छन्। प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत प्राप्त गरेका छन्।

    अर्घाखाँचीको मालारानी गाउँपालिका ३ मा कांग्रेसका शोभाखर खनाल ११ सय ५९ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका यमलाल खनालले १ हजार ५३ मत प्राप्त गरेका छन्।

    बाँकेको कोहलपुर नगरपालिका– ६ को अध्यक्षमा नेकपाका उम्मेदवार रामशरण थारु विजयी भएका छन्। थारु ८०० मत प्राप्त गरी विजयी भएका हुन् भने कांग्रेसका श्रीकृष्ण थारुले ७३६ मत प्राप्त गरेका छन्। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामसोहन थारुको निधन भएपछि शनिबार कोहलपुर ६ मा उपचुनाव भएको हो।

    नवलपरासी पूर्वको बौँदीकाली गाउँपालिका ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका खिमबहादुर थापा खरु मगर विजयी भएका छन्। मगरले ३६७ प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तुलबहादुर रानाले २११ मत प्राप्त गरेका छन्।

    खोटाङको साकेला गाउँपालिका–३ को वडाध्यक्षमा नेकपाका उम्मेद्वार शिवकला राई विजयी भएकी छन्। शिवकलाले ३९१ मत ल्याउँदा कांगे्रस उम्मेदवारले ३७४ प्राप्त गरेका छन्।

    चितवन खैरहनी–४ र ५ दुवै वडा कांग्रेसले जितेको छ। अघिल्लो निर्वाचनमा पनि दुवै वडा कांग्रेसले जितेको थियो।

    अर्घाखाँचीको मालारानी–३ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

    बाजुराको त्रिवेणी–१ मा वडाध्यक्ष कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार ४७३ मत ल्याएर विजयी भएका छन् भने नेकपाले २९७ मत मात्र प्राप्त गरेका छन्।

    सिन्धुपाल्चोकको इन्द्रावती–८ मा नेकपा विजयी भएको छ।

    बाग्लुङको बडिगाड–२ को वडाध्यक्षमा नेकपा विजयी भएको छ।

    महोत्तरीको बलवा–२ मा कांग्रेस विजयी भएको छ। नेकपाले ३५२ मत ल्याउँदा कांग्रेसले ४६१ मत पाएको छ। अघिल्लोपटक पनि यो वडा कांग्रेसले नै जितेको थियो । महोत्तरीकै मटिहानी–६ मा राजपा विजयी भएको छ। नेकपाका उम्मेदवारले ३५५ मत ल्याउँदा राजपाका उम्मेदवारले ३७५ मत ल्याएका छन्।

    संखुवासभा खाँदबारी–३ मा नेकपा विजयी भएको छ।

    भोजपुरको पौवादुङ–१ मा कांग्रेसले जितेको सिटमा नेकपा विजयी भएको छ।

    डोटीको आदर्श–२ मा नेकपा विजयी भएको छ। नेकपाले ६६५ मत पाउँदा कांग्रेसले ६५६ मत प्राप्त गरेको छ।

    सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु राय ३४७ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका राम विश्वास रायले ३२८ र नेकपाका दोस महम्मद अन्सारीले ३२८ मत ल्याएका छन्।

    काभ्रेको धुलिखेल नगरपालिका २ को अध्यक्षमा नेकपाका देवप्रसाद कोइराला ८६७ मतसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दर्णबहादुर खत्रीले ५८२ मत प्राप्त गरेका छन्।

    बागलुङको बडिगाड गाउँपालिका–२ को वडाध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिलबहादुर रानाले ४ सय १२ मत प्राप्त गरेका छन्।

    लमजुङको सुन्दरबजार नगरपालिका–२ को वडाध्यक्षमा नेकपाका नवीनकुमार श्रेष्ठ ९८९ मतसहित विजयी हुँदा कांग्रेसका प्रकाश सेढाईँले ४८४ मत प्राप्त गरेका छन्।

    मोरङको धनपालथान गाउँपालिका २ मा कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन्। नेकपाका पंकज मण्डललाई पराजित गर्दै साह विजयी भएका हुन्।

    सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्षमा नेकपाका धर्मे बुढाथोकी ७ सय ९२ मत ल्याएर विजयी भएका छन् ने कांग्रेसका खड्गबहादुर बोहराले २ सय ५१ मत प्राप्त गरेका छन्।

    कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा नेकपाका कृष्णबहादुर तामाङ र रोल्पाको थबाङ गाउँपालिका १ मा नेकपाकै जनकबहादुर बुढा विजयी भएका छन्।

    उपनिर्वाचनको मत गणना सकिएका अधिकांश वडामा नेकपाका उम्मेदवारले वडाध्यक्षमा विजय प्राप्त गरेका छन्। मत गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको छ।

    आइतबार, मङि्सर १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.