काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ ।
Advertisement
कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदले संसद् सचिवालय गएर महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
आइतबार ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेको सचिवालयका अधिकारीले जानकारी दिए ।
महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् ।
यसअघि लामो समय आन्दोलन गर्दै आएको नेपाल बार एसोसियसनले जबराविरुद्ध महाअभियोग दर्ता गराउनुपर्ने विषयलाई मूल मुद्दा बनाएको थियो ।
संसद सचिवालयमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा पर्ने छन् ।