• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एम.सी.सी. पारित गर्न अमेरिकी दबाब राष्ट्रिय स्वाभिमानमाथिको खुला हस्तक्षेप : मसाल


  •   शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
  • काठमाडौँ । एम.सी.सी. पारित गर्नका लागि अमेरिकाले दिएको दबाबलाई नेकपा (मसाल) ले नेपालको राष्ट्रिय स्वाभिमानमाथिको खुला हस्तक्षेप ठहर गरेको छ ।

    Advertisement

    अमेरिकी मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रतिपक्षका नेता केपी शर्मा ओलीलाई फोनमार्फत् एम.सी.सी. पारित नगरे अमेरिकी सहयोग रोकिने र नेपाली चिनियाँ क्याम्पमा गएको मानिने अभिव्यक्ति दिएसँगै मसालको सो धारणा आएको हो ।

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ माघ २८ गते सार्वजनिक गरिएको प्रेसवक्तव्यमा पार्टीको सो धारणा व्यक्त गरिएको हो ।
    पार्टीले अमेरिकाको त्यस प्रकारको खुला दबाबाका विरुद्ध सशक्त रूपले आवाज उठाउन र सङ्घर्ष गर्न सम्पूर्ण देशभक्त जनतासित अपिल गरेको छ ।

    एम.सी.सी. का कारणले पाँचदलीय गठबन्धन टुट्ने त होइन भन्ने आशङ्का चलिरहेका बेला पार्टीले अहिले पनि प्रतिगमन विरोधी खतरा यथावत रहेकाले उक्त सहकार्य कायमै रहनुपर्ने आवश्यकतामा जोड दिएको छ । पार्टीले प्रतिगमन विरोधी गठबन्धनलाई राष्ट्रिय आवश्यकता पनि बताएको छ ।

    यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ
    “एम.सी.सी.को प्रश्नलाई लिएर अमेरिकाले नेपालका सत्ता र प्रतिपक्षका नेताहरूलाई दिएको दबाबबारे विचार गर्न आज बसेको नेकपा (मसाल) को पी.बी. को बैठकले निम्नलिखित वक्तव्य जारी गर्ने निर्णय गरेको छ ।

    अमेरिकाले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रतिपक्षका नेता ओलीलाई बेग्लाबेग्लै फोन गरेर एम.सी.सी. पारित गर्नका लागि खुला प्रकारले जुन दबाब दिएको छ, त्यो नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमाथिको नै खुला हस्तक्षेप हो । त्यस प्रकारको हस्तक्षेपलाई नेकपा (मसाल) ले कडा शब्दमा विरोध र भत्र्सना गर्दछ । त्यस प्रकारको हस्तक्षेपले एम.सी.सी. मा अन्तर्निहित वास्तविक साम्राज्यवादी चरित्रलाई पनि उदाङ्गो बनाएको छ । त्यसकारण अमेरिकी साम्राज्यवाद र त्यसको सैनिक रणनीतिको उद्देश्य पूरा गर्नका लागि अगाडि ल्याइएको एम.सी.सी. समेतका विरुद्ध व्यापक रूपले आवाज उठाउन र सङ्घर्ष गर्नका लागि नेकपा (मसाल) ले सम्पूर्ण देशभक्त जनतासित अपिल गर्दछ ।

    यो आम रूपमा थाहा भएको र स्वयम् अमेरिकी उच्च अधिकारीद्वारा स्वीकार गरिएको कुरा हो कि एम.सी.सी. इन्डो–प्यासिफिक रणनीतिको अङ्ग हो । त्यसको उद्देश्य चीन विरोधी घेराबन्दीका लागि नेपाललाई उपयोग गर्नु नै हो । पहिले अमेरिकाले एम.सी.सी. विशुद्ध आर्थिक विकास कार्यक्रम हो भनेर बताउ“दै आएको थियो । तर आज बिहान सत्ता र प्रतिपक्षका नेतासित भनेका कुराबाट त्यसको स्वरूप विशुद्ध आर्थिक मात्र नभएर त्यसको चरित्र चीन विरोधी सैनिक प्रकृतिको भएको कुरा छर्लङ्ग भएको छ । अमेरिकाले योसम्म भनेको छ– एम.सी.सी. को विरोधका पछाडि चीनको विरोधले काम गरेको छ र एम.सी.सी. पारित नगरेमा त्यसको अर्थ नेपाल चीनको प्रभावमा गएको बुझिने छ । त्यसरी अमेरिकाले प्रथमपल्ट खुला रूपले एम.सी.सी. लाई चीनसित जोडेको छ । त्यसको त्यो अभिव्यक्तिबाट एम.सी.सी. प्रत्यक्ष रूपले नै चीनका विरुद्धको रणनीतिको परियोजना भएको कुरा स्पष्ट छ ।

    अमेरिकाले आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्नको लागि कैयौँ देशमा खालि राजनीतिक प्रकारले मात्र होइन, सैनिक रूपले पनि खुला प्रकारले हस्तक्षेप गर्ने गरेको छ । अहिले अमेरिकाले सत्ता वा प्रतिपक्षका नेताहरूसित कुरा गर्दा खुला प्रकारले नै जुन प्रकारको आपत्तिजनक भाषा प्रयोग गरेको छ, त्यो भाषामा पनि अमेरिकाको त्यही प्रकारको चरित्र व्यक्त भएको छ ।

    नेपालको अहिलेसम्म कुनै देशको गुलामी स्वीकार नगरेको उज्ज्वल र गौरवपूर्ण इतिहास छ । त्यस प्रकारको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै हामीले अमेरिकी साम्राज्यवादलाई स्पष्ट रूपले यो बताउन चाहान्छौँ कि अमेरिकाले जतिसुकै दबाब दिए पनि नेपाली जनताले त्यसका अगाडि आत्मसमर्पण गर्ने छैनन् । अमेरिकाले आफूलाई जतिसुकै ठुलो महाशक्ति भएको दाबी गरे पनि त्यो अपेक्षाकृत कैयौँ साना देशका अगाडि पराजित हुँदै आएको इतिहास कुनै लुकेको कुरा होइन । त्यही प्रकारले नेपालमाथि हस्तक्षेप गर्ने त्यसका प्रयत्न पनि अवश्य असफल हुने छन् भन्ने कुरामा हामीलाई दृढ र पूर्ण विश्वास छ ।

    अहिले एम.सी.सी. पारित भइसकेको छैन । तैपनि त्यसले नेपालमाथि त्यस प्रकारको चेतावनी दिइरहेको छ भने त्यो पारित भइसकेपछि त्यसको भूमिका कति धेरै आपत्तिजनक र खतरनाक हुने छ ? त्यो कुराको कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ । त्यसले गर्दा एम.सी.सी. का विरुद्ध सङ्घर्षको आवश्यकता अरू गम्भीर बनेर गएको छ ।

    अहिले देशमा गठबन्धनको सरकार छ । गठबन्धनमा पनि एम.सी.सी. लाई पारित गर्ने विषयमा सर्वसहमति छैन । पाँचदलीय गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाले त्यो पूरै खारेज हुनुपर्छ भनेर अडान लिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले बिनासंशोधन वा परिमार्जन त्यसलाई स्वीकार गर्न नसकिने भनेर अडान लिएका छन् । जसपाले पनि त्यसलाई स्पष्ट रूपमा समर्थन गरेको स्थिति छैन ।

    गठबन्धनको खालि एउटा घटक नेकाले मात्र त्यसलाई खुला रूपले स्वीकार गरेको छ । पाँचदलीय गठबन्धनले पारित गरेको र सरकारले जारी गरेको न्यूनतम कार्यक्रममा पनि एम.सी.सी. लाई सामेल गरिएको छैन । राष्ट्रिय जनमत त्यसका पक्षमा निर्माण भएको छैन । त्यो अवस्थामा खालि अमेरिकाको दबाबले मात्र त्यसलाई संसद्मा पारित गराउने कुनै पनि प्रयत्न गलत हुने छ र त्यस्तो कुनै प्रयत्नको हामीले कडा शब्दमा विरोध गर्दछौँ ।

    एम.सी.सी. बारे मतभेद भएको कारणले गठबन्धन टुट्ने ता होइन ? त्यो प्रश्न पनि निकै उठिरहेको छ । प्रतिगमनका विरुद्ध सङ्घर्षको आवश्यकता पूरा गर्न नै गठबन्धनको निर्माण भएको थियो र त्यसको भूमिकाका कारणले प्रतिगमन विरुद्धको सङ्घर्षमा कैयौँ ऐतिहासिक उपलब्धि भएका छन् । अहिले पनि देशमा प्रतिगमनको गम्भीर खतरा कायमै छ । त्यसकारण त्यसको आवश्यकता अहिले पनि छ । त्यसैले हामीले अहिले पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । कुनै पनि कारणले गठबन्धनको विघटन भयो भने त्यसबाट प्रतिगामी शक्तिलाई नै बल पुग्ने छ । त्यसैले प्रतिगामी शक्तिहरूले नै गठबन्धनका विरुद्ध आवाज उठाइरहेका छन् र त्यसको विघटनका लागि जोड लगाइरहेका छन् । जुनसुकै कारणले भए पनि गठबन्धनको विघटन भयो भने त्यसको परिणामस्वरूप देश प्रतिगमन र फासिष्ट शासनतिर जाने खतरा रहने छ । त्यसैले पापाँचदलीय गठबन्धनलाई निरन्तरता दिनु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।”

    शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.