कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेका छन् ।
बिहीबार ६÷७ जनाको समूहमा आएका कार्यकर्ताले वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन् ।
वडाध्यक्षले भ्रष्टाचार गरेकाले ‘जनकारबाही स्वरुप’ कालोमोसो दलिएको विप्लव निकट युवा संघले बताएको छ ।
वडा अध्यक्ष खातीले एकल महिलाहरुका लागि बनाएको भवनमा आर्थिक अनियमिता गरेको, कालिकिच उपभोक्ता समितिद्वारा निर्माण गरिएको सडकमा आर्थिक अनियमितता गरेको, वडा कार्यालय गाउँपालिकामा राखेर अन्तै भाडा दिएको, लघुवित्तहरुलाई जमिनसहित १५ लाख दिएको, मनोमानी रुपमा कर्मचारी भर्ना गरेको लगायतका आरोप विप्लव समूहले लगाएको छ।
यता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने वडाअध्यक्षमाथि दुर्व्यवहार गर्नेको खोजी भइरहेको बताएको छ । कालोमोसो दल्ने मध्ये एक जनाको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
