कञ्चनपुर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै कञ्चनपुरमा विरोध सभा सम्पन्न भएको छ ।
Advertisement
शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा आयोजित विरोध सभालाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्की र नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हरि सुवेदीले सम्बोधन गर्नुभएको थियो ।
राजमो जिल्ला सचिव अहिमान थापाले सञ्चालन गरेको कार्यक्रममा राजमो नेता राजाराम चौधरी र नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडुको पनि आतिथ्यता रहेको थियो ।
नेकपा (मसाल) सहित विभिन्न ८ राजनीतिक दल तथा संगठनले आज प्रचारात्मक सभा गर्ने र भोलि (माघ २६ गते) काठमाडौं लगायत देभब्यापी विरोध सभाको आयोजना गरेका छन् ।
सोही क्रममा कञ्चनपुरमा पनि प्रचारात्मक सभा भएको हो । भोलि धनगढीमा जुलुशसहित विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।