कैलाली । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ खारेजीको माग गर्दै कैलालीको टीकापुरमा विरोध सभा सम्पन्न भएको छ ।
Advertisement
नेकपा (मसाल) सहित विभिन्न ८ राजनीतिक दलले देशब्यापी आयोजना गरेको कार्यक्रम अन्तर्गत टीकापुरमा कोणसभा सम्पन्न गरिएको राष्ट्रिय जनमोर्चा, कैलालीका अध्यक्ष दयाराम सञ्ज्यालले जानकारी दिनुभयो ।
विरोध सभालाई राजमो कैलालीका अध्यक्ष दयाराम सन्ज्याल, नेकपा कैलाली जिल्ला सचिवालय सदस्य ह्रदय बोगटी, महिला नेत्री सान्ता सिंह, शिक्षक नेता नृप ओझाले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सन्चालक नेकपाका नगर सचिव जगतले गर्नु भएको थियो ।