काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा नेकपाका उम्मेदवार जनकबहादुर बुढा विजयी भएका छन् ।
Advertisement
शनिबार सम्पन्न उपनिर्वाचनमा विजयी नेकपाका उम्मेदवार बुढाले १७४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसका कमलबहादुर रोका मगर २६ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । ९ मत भने बदर भएको थियो ।
सो वडामा जम्मा ६.४ प्रतिशत मत मात्रै खसेको थियो । एक हजार दुई सय ७४ मतादाता रहेको थवाङमा जम्मा २०९ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।