दाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिका उपाध्यक्ष मनिराम खनाललाई मातृशोक परेको छ ।
Advertisement
खनालकी आमा डेमकला खनालको ७९ वर्षको उमेरमा माघ १७ गते निधन भएको हो ।
मृतक डेमकला खनालका तीन छोरा मनिराम, धर्मराज र गोपाल खनाल हुनुहुन्छ ।
मलेसिया नेपाली एकता समाजका संस्थापक अध्यक्षसमेत रहनुभएका मनिराम खनाललाई परेको मातृशोकप्रति समाजले दुःख व्यक्त गरेको छ । साथै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।