काठमाडौं । नेकपा (मसाल) सहितका २२ राजनीतिक दल तथा संगठनले एमसीसी खारेजीको माग गर्दै पुनः विरोध प्रदर्शन गर्ने भएका छन् ।
Advertisement
माघ २६ गते राजधानीमा प्रदर्शनको तयारी गरिएको २२ राजनीतिक दलद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ।
‘राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीका लागि हुन गइरहेको विरोध प्रदर्शनमा सहभागी बनौँ !’ भन्ने नाराका साथ माघ २६ गते माइतीघर मण्डलामा विरोध प्रदर्शनको आयोजना गरिएको हो ।
विज्ञप्तिमा पूर्व र बहालवाला प्रधानमन्त्रीहरु केपी शर्मा ओली एवम् शेरबहादुर देउवाले पटक–पटक यो राष्ट्रघाती सम्झौतालाई संसद्बाट पारित गराउने प्रयास गरे पनि असफल हुँदै आएका छन् भन्दै फेरि पनि अमेरिकी सरकारको दबावको अगाडि घुँडा टेकेर शेरबहादुर देउवा संसद्मा जसरी पनि एमसीसी प्रस्तुत गरी त्यसलाई पारित गराउने कसरतमा लागेको आरोप लगाइएको छ ।
यस्तो छ विज्ञप्ति