प्युठान । राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका– ६ तोरवाङ्गले जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । बुधबार राजमोले चिसावाङ्गमा आयोजित एक कार्यक्रम बिच पार्टीमा लामो समयदेखी काम गरेका आफ्नो वडाका ७० वर्ष माथीका ८ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो ।
त्यसरी सम्मानित हुनेमा – ६ निवासी वलप्रसाद श्रेष्ठ, वालकृष्ण श्रेष्ठ, कालिबहादुर पोख्रेल, नमराज जैसी, तुल्सिराम शर्मा, रणवहादुर केसी, कुन्तवहादुर विक र रामकृष्ण भट्टराई रहनुभएको छ । उहाँहरुलाई कार्यक्रमको प्रमुख अतिथी अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रवहादुर केसी र विषेश अतिथी झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले अविर तथा खादा ओडाई सम्मान गर्नु भएको थियो । यस अघि राजमो– ७ को समितिले ८४ वर्ष उमेर पुग्नुभएका हिमलाल रोकालाई सम्मान गरेको थियो ।

कार्यक्रममा जेष्ठ सदस्यको सम्मान गर्दै प्रमुख अतिथी केसीले राजमो प्युठानको लामो इतिहासको चर्चा गर्नुभयो । उहाँले राजमो प्युठानले इतिहासका अनेक कालखण्डमा देश, जनता र मुक्तिको लागि संघर्ष गरेको कुरा स्मरण गर्नुभयो । उहाँले पार्टीले लिने सहि विचार र नीतिका कारणले नै पार्टीमाथी अनेक प्रकारले हमला हुनेगरेको र त्यसको प्युठानी जनताले सहि प्रकारले प्रतिरोध गर्ने गरेको कुरा समेत उल्लेख गर्नुभयो । नेता केसीले पार्टीले गरेको सहि निर्देशनका कारणले नै झिमरुक गाउँपालिका लुम्बिनी प्रदेशकै १ नम्बर गाउँपालिका बन्न सफल भएकोमा वधाई पनि दिनुभएको थियो ।
कार्यक्रममा किसान महासंघका केन्द्रीय सचिव विरवहादुर जिसी, अखिल (छैठौं) का महासचिव सुवाश जिसि, अखिल नेपाल युवक संघ झिमरुकका अध्यक्ष भरत ढकाल, ५ नम्बर वडा अध्यक्ष टीका जिसि, ६ नम्बर वडा अध्यक्ष निमानसिंह जिसि, कर्मचारी संगठनका यामलाल पोख्रेल, अखिल नेपाल शिक्षक संघका यामबहादुर विष्ट, वडा सदस्य श्रेष्ठ लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो –६का अध्यक्ष दिलिप विक, स्वागत निमानसिंह जिसि तथा सञ्चालन युवक संघका सचिव हेमराज भट्टराईले गर्नुभएको थियो ।