काठमाडौं । सरकारले बुधबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
Advertisement
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।