दाङ । अखिल नेपाल शिक्षक संघ दाङको चौथो जिल्ला अधिवेशन लमहीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले रुमालप्रसाद बसेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा तुल्सी प्रसाद भण्डारी, महिला उपाध्यक्षमा संगीता गिरी, सचिवमा ठाकुर प्रसाद खनाल, कोषाध्यक्षमा रामकृष्ण पौडेल, सह सचिवमा उमाकला खनाल र सह कोषाध्यक्षमा ललिता पोख्रेल रहनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा देवलाल यादव, ओमबहादुर मगर, सुरज शर्मा, माधव वेल्वासे, दिपक पोख्रेल, बोमलाल भण्डारी, विष्णु पोख्रेल, कमला पाण्डे, कृष्ण बहादुर थापा, जागेश्वर केसी, सन्तोष विक, मधुसुदन केसी, शरद शर्मा, हेमन्त कुमार यादव र मोहनलाल यादव रहनुभएको छ ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा भानु जीएम, विप्लव अधिकारी, केशवराज आचार्य र सीता पोख्रेल चयन हुनुभएको छ भने सल्लाहकारहरुमा रामसुरत यादव, भीमप्रसाद वेल्वासे, राजितराम यादव, डिआर भण्डारी, दुर्गा बहादुर बस्नेत र वसन्तराज भट्टराई चयन हुनुभएको छ ।
केन्द्रीय सदस्य लालबहादुर भण्डारीले उद्घाटन गर्नुभएको अधिवेशनमा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य र अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कपिलदेव खनालले शुभकामना मन्तव्य दिनुभएको थियो ।
जिल्ला अध्यक्ष भानु जीएमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ठाकुर प्रसाद खनाल र सञ्चालन सचिव रुमालप्रसाद बसेलले गर्नुभएको थियो ।

