कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा अखिल (छैठौं) र रक्तिम सांस्कृतिक अभियानको नगर भेला आयोजना गरिएको छ । शनिबार सम्पन्न दुवै संगठनको छुट्टाछुट्टै बैठकले माघ २९ गते एकैदिन भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।
अखिल (छैठौं) शिवराज नगर समिति र रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिको बैठक राष्ट्रिय जनमोर्चा कार्यालय चनौटामा सम्पन्न भएको हो ।
अखिल (छैठौं) नगर सचिव टिना अदै को अध्यक्षता र जिल्ला अध्यक्ष सञ्जीला बुढा मगरको उपस्थितिमा सम्पन्न बैठकले यही माघ द्दढ गते दोस्रो नगर भेलाको आयोजना गर्ने निर्णय गरेको छ । शिवराज–३ खरेन्द्रपुरमा नगर भेला गर्नुअघि संगठनको विभिन्न गाउँ कमिटी गठन हुनेछ । त्यस अन्तर्गत माघ १७ गते शिवपुर, माघ १९ गते नयाँ बस्ती, माघ २२ गते मधवा र खैरी, माघ २६ मा खरेन्द्रपुरमा भेला गर्ने निर्णय गरिएको छ ।
यसैगरी रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिको बैठक समितिका अध्यक्ष बेगम बुढाको अ धक्षातामा सम्पन्न भएको छ । समितिले अखिल (छैठौं) सँगै माघ २९ गते नगर भेला गर्ने निर्णय गरेको छ ।
बैठकमा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) केन्द्रीय सदस्य केरसिंह अदै, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा शिवराज नगर अध्यक्ष केहर सिंह पुन, जातीय समता समाजका पूर्वकेन्द्रीय अध्यक्ष दिल बहादुर विकको उपस्थिति रहेको थियो ।