काठमाडौँ । नेकपा (मसाल) ले डोटी, केआई सिंह–४ निवासी कालु विकको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ माघ १५ गते शोकवक्तव्य जारी गर्दै पार्टीले कालुप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“डोटी जिल्ला के.आई. सिंह गाउँपालिका–४ निवासी का. कालु विकको २०७८ माघ १५ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दै सन्तप्त परिवार जनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । उहाँ हाम्रो पार्टीको एक मिहिनेती, इमान्दार, जुझारु र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”
राजमो डोटीको श्रद्धाञ्जली
त्यस्तै, राष्ट्रिय जनमोर्चा डोटीले पनि शोकवक्तव्य प्रसारित गर्दै कालु विकप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारप्रति धैर्यधारण गर्न आग्रह गरेको छ ।
जिल्लाअध्यक्ष डबल बोगटीको हस्ताक्षरमा माघ १५ गते नै जारी शोकवक्तव्यमा भनिएको छ–
“यही २०७८ साल माघ १४ गते राती करिब १२ बजेतिर केआई सिंह गाउँपालिका वडा नं. ४ डोटी निवासी राष्ट्रिय जनमोर्चाका इमान्दार एवम् निष्ठावान् कार्यकर्ता का. कालु विकको निधन भएको खबरले हामीलाई निकै मर्माहत बनाएको छ । उहाँ २०५५ सालदेखि निरन्तर पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको थियो । उहाँको मृत्युले पार्टी सङ्गठनलाई अपूरणीय क्षति पुगेको छ । आफ्नो जीवनकालमा पार्टी, सङ्गठन र समाजलाई पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ । साथै शोकाकूल परिवार जनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना व्यक्त गर्दछौँ ।”