काठमाडौं । साविक विजेता संकटा क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
Advertisement
पोखरा रंगशालामा सोमबार भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ४–१ को फराकिलो अन्तरले पाखा लगाउँदै अन्तिम ४ मा स्थान पक्का गरेको हो।
मछिन्द्रले अब फाइनलमा स्थान बनाउनका लागि बुधबार नेपाल एपीएफ फुटबल क्लबको सामना गर्नेछ।