• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अनुशासन बिनाको कस्तो पार्टी, कस्तो संघर्ष ?


  •   आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
  • हेमलाल गौतम

    Advertisement

    कतिलाई लाग्दो हो म नै सर्वेसर्वा हुँ । म बिना केही चल्दैन । म मात्रै जान्ने अरू सबै नजान्ने । मैले बोलेको जे पनि ठीक अरूले बोलेको जे पनि बेठीक । मैले लेखेको जे पनि ठीक अरूले लेखेको जे पनि बेठीक । मलाई जे लाग्यो त्यो छुट हुनुपर्छ, कसैले मैले जे लेखेपनि मतलब गर्नु हुँदैन । मैले जे बोले पनि कसैले काट्नु हुँदैन । मलाई जे लाग्छ त्यही सत्य हो । म नै सिद्धान्त हो, म नै दर्शन हो । म नै राजनीति म नै नेतृत्व । यो संसारमा अरू केही नजान्ने, नबुझ्ने, घाँस, स्तरहीन, अनुभवविहीन । यस्ता विचार राख्ने मेरा मित्रहरूलाई कुनै अनुशासन नचाहिने रहेछ कि कसो ?

    अनुशासन बिना कस्तो पार्टी बनाउने हुन् ? अनुशासन बिना कस्ता नेता बन्ने हुन् ? अनुशासन बिना कस्ता कार्यर्ताको आशा गर्ने हुन् ? अनुशासित कार्यकर्ता बिना जनताको मुक्तिका लागि कसरी जनतालाई विस्वासमा लिने हुन् ? कसरी समाज बदल्ने हुन् ? यस्ता धेरै प्रश्नहरूको पेटारो छचल्किन्छ मेरो मनमा ।

    राजनीति सिधा रेखामा हिँड्दैन । यसका मोडहरू धेरै हुन्छन् । उबड खाबड बाटोको यात्रा नै राजनीति हो । अझ वामपन्थी विचारधारा त जहिले पनि प्रगतिशील हुन्छ र नयाँको खोजी र प्रयोग यसको विशेषता हो । हरेक नयाँ कुरा समाजमा सजिलै स्थापित गर्न गाह्रो हुन्छ । त्यसका लागि निकै त्याग र मेहनतको आवश्यकता पर्दछ । अझ कम्युनिष्ट विचारधारा त समाजमा स्थापित गर्नका लागि निकै कठिन विषय हो । यसका लागि अनुशासन नै पहिलो कडि हो । कम्युनिष्ट अनुशासन पालना गर्न निकै कठिन छ । मेक्सिम गोर्की र लुसुन जस्ता विश्वप्रशिद्ध लेखकहरूले पनि आफू कम्युनिष्ट बन्न नसक्ने उद्घोष गरेका अनेकौं दृष्टान्त पढ्न पाइन्छ । रूसी साहित्यिक आकाशमा मेक्सिम गोर्कीका रचनाले धेरैलाई कम्युनिष्ट बनायो, चीनमा लुसुनका कृतिले ।

    त्यस्तै, नेपालमा मोदनाथ प्रश्रीतको गोलघरको सन्देश र देवासुर संग्रामले कैयौं कम्युनिष्ट जन्मायो तर स्वयम् प्रश्रीत कम्युनिष्ट बन्नुभयो कि भएन त्यो मूल्यांकनकै कठघरामा छ । खगेन्द्र संग्रौला र कृष्णदासका रचनाले धेरै कम्युनिष्ट बने तर स्वयम् लेखकहरू बने या बनेनन् त्यो पनि मूल्यांकनको कठघरामा खडा छ । सायद कम्युनिष्ट विचारधाराले आकर्षित नभएको भए हजारौं कम्युनिष्ट साहित्यको अनुवाद नेपाली पाठक बजारमा आउन सक्ने थिएन । तसर्थ पनि कृष्णदास, खगेन्द्र संग्रौला जस्ता लेखकलाई नेपाली समाजले जहिले पनि सम्झिनुपर्छ । उनीहरूका रचनामा कम्युनिष्ट जन्माउने बिज कणकणमा छ/थियो र त हजारौं हजार नेपाली जनता कम्युनिष्ट बन्न अभिप्रेरित बने र बनियो ।

    तर के साच्चिकै हामी कम्युनिष्ट हौं त ? कम्युनिष्ट बन्न सक्यौं त ? के कम्युनिष्ट बन्न सम्भव छ त ? के कम्युनिष्ट बन्न सकिदैन त ? के सबै कम्युनिष्ट नाम राखेका पार्टी कम्युनिष्ट हुन् त ? ती पार्टीका नेता कार्यकर्ता कम्युनिष्ट हुन् त ? यी तमाम प्रश्नको उत्तर भेट्न कम्युनिष्ट सिद्धान्त र दर्शनको गहिरो अध्ययन र त्यसै अनुरूप ब्यबहारमा आफूलाई ढाल्न सक्नुपर्छ ।

    कम्युनिष्ट विचारले प्रभावित हुनु र कम्युनिष्ट बन्नु आकाश जमिनको फरक कुरा हो । उदाहरणका लागि नेपालमा धेरै जनता कम्युनिष्ट विचारले प्रभावित छन् तर सबै कम्युनिष्ट होइनन् । सबै कम्युनिष्ट पार्टीका नेता पनि कम्युनिष्ट छैनन् तर कम्युनिष्ट विचारको पक्षपोषण गर्दै जनता सामु एजेन्डा बोकेर हिँड्छन् र हिँडेका छन् । यहाँ कम्युनिष्ट पार्टीका नेताहरू कम्युनिष्ट बन्न नसकेर पनि नेता बनेर जनतासामु स्वार्थी राजनीति गरेर स्वार्थ सिद्धिको हतियार कम्युनिष्ट विचारलाई बनाएका छन् । आत्म केन्द्रित स्वार्थी राजनीतिमा कम्युनिष्ट विचारलाई बोकेर जनता ढाँटिरहेका छन् ।

    हो, आज सस्ता सामाजिक सन्जालबाट आफूलाई महान क्रान्तिकारी देखाउने, महान सामाजिक अभियन्ता देखाउने, महान उत्प्रेरक र महान कलाकार देखाउनेहरूको बजार बढेको छ । छिनमै एउटा ‘कमेन्ट’ र एउटा ‘लाइक’ ले उसलाई हौस्याइदिन्छ । फेरि भन्न थाल्छ कि यसलाई धेरै भन्दा धेरैमाझ पु¥याउन ‘शेयर गरिदिनु होला’ । अझै सधैँ मेरा यस्ता कुरा हेर्नका लागि मेरो पेजलाई लाइक, मेरो च्यानललाई सब्सक्राइब र लिंकलाई शेयर गरिदिनुहोला । जब यो कसैले स्वीकार्न थाल्छ म सञ्जालको ठूलै मान्छे बनेँ भन्ने लाग्छ । ममा केही छ, म केही हुँ र बिस्तारै म नै सर्वेसर्वा हुँ । त्यस्तै राजनीतिक नेतामा पनि हुन थाल्छ ।

    अनुशासन बिना कस्तो पार्टी बनाउने हुन् ? अनुशासन बिना कस्ता नेता बन्ने हुन् ? अनुशासन बिना कस्ता कार्यर्ताको आशा गर्ने हुन् ? अनुशासित कार्यकर्ता बिना जनताको मुक्तिका लागि कसरी जनतालाई विस्वासमा लिने हुन् ? कसरी समाज बदल्ने हुन् ?

    जब उ मञ्चमा जाँदा दुईचार ताली खान थाल्छ, जब उसले दुई चार कुरा बोल्न थाल्छ, जब चर्का चर्का भाषण गर्न थाल्छ तब उसको अहमता चुलिन थाल्छ । लाग्छ म नै सर्वश्रेष्ठ नेता हुँ, म नभए त पार्टी चल्दैन, पार्टी भनेकै म हो, म भनेकै पार्टी हो । अब शुरू हुन्छ पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा । हो, पार्टीमा अन्तर पार्टी संघर्ष हुनुपर्छ तर त्यसका पनि बिधि, प्रक्रिया र आफ्नै प्रकारका नियम अनि सिमाहरू छन् । त्यसको पालना गर्ने अनुशासन, दृढता र धैर्यता चाहिन्छ । यो जुनसुकै पार्टीमा पनि लागू हुने कुरा हो । हो, स्वभाबैले अरू बुर्जुवा र दक्षिणपन्थी पार्टीहरूमा भन्दा वामपन्थी र कम्युनिष्ट पार्टीमा अलि कडा र निर्मम प्रकारको अनुशासन हुन्छ । त्यसैलाई बुर्जुवा र दक्षिणपन्थी शक्तिहरूले तानाशाही प्रवृत्ति भन्न रूचाउँछन् र भन्छन् पनि ।

    वास्तवमा हरेक राज्य व्यवस्थाभित्र प्रजातन्त्रको कुरा गरे पनि त्यो निरपेक्ष हुँदैन र कुनै न कुनै प्रकारको तानाशाही प्रवृत्ति हुन्छ नै । फरक यति हो कम्युनिष्ट तानाशाहीभित्र श्रमजिवी वर्गको प्रतिनिधित्व हुन्छ भने वुर्जुवा तानाशाहीभित्र मुठ्ठीभर वर्गको प्रतिनिधित्व हुन्छ । जतिखेर सम्म वर्गविहीन समाजको चरण आउँदैन, त्यतिखेरसम्म यी दुई तानाशाही पवृतिको द्वन्द्व चलिरहन्छ समाजमा । तर भन्ने भाषा दुवैको प्रजातन्त्र, लोकतन्त्र या जनतन्त्र नै हुन्छ । सत्य छोपेर ब्याख्या गर्नु जरूरी यस मानेमा छैन कि कम्युनिष्टहरू सर्वहारा वर्गको अधिनायकत्व कायम गर्न चाहन्छन् भने बुर्जुवाहरू बुर्जुवा वर्गको अधिनायकत्व कायम गर्न चाहन्छन् । यो कुरा समाजको सास्वत सत्य हो ।

    कम्युनिष्ट पार्टीले अधिकांश जनताको वर्गीय प्रतिनिधित्व गर्ने हुनाले प्रतिक्रियावादी शक्तिहरूले छद्म तरिकाले कम्युनिष्ट पार्टीभित्र घुसपैठ गराएर कम्युनिष्ट पार्टीलाई फुटाएर शासन चलाउन चाहन्छन् । यही क्रममा कम्युनिष्टको खोल ओढेर कतिपयले दक्षिणपन्थी चरम अवसरवादको बाटो समाउँदै कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पारेर बुर्जुवा वर्गको नै सेवा गर्न पुग्छन् ।

    मान्छेलाई खार्ने अस्त्र भनेको द्वन्द्वात्मक भौतिकवादी दर्शन र जीवन र जगतलाई बुझ्ने ऐतिहासिक भौतिकवाद नै हो ।व्यक्ति, परिवार र राज्यको उत्पत्ति र त्यसको विकासक्रमलाई नहेरी राज्यको स्वरूप र चरित्र हेर्न सकिँदैन । राज्यको चरित्र समाजको विकासको स्वभाविक गतिसँगै भैरहेको हुन्छ । तसर्थ यसको सही र गहिरो अध्ययन र प्रयोग बिना समाजको ब्याख्या गर्न र त्यसको नेतृत्व गर्न सम्भव छैन । आध्यात्मिक चिन्तन भन्दा माथि उठेर जीवन र जगत जतिखेरसम्म हेर्न सकिँदैन त्यतिखेरसम्म कोही पनि ब्यक्ति असली कम्युनिष्ट बन्न सक्दैन । हो, हामी सायद कम्युनिष्ट बनिसकेका छैनौँ कि आफूले आफैँलाई जाँचेर हेरौँ ।

    सायद यी माथि बताइका कुराहरूमा अलिकति पनि सुझबुझ र हेक्का राख्न सक्ने हो भने जुन थालमा खायो उही थालमा थुक्ने प्रवृत्ति हट्ने थियो कि ? हाम्रा बिद्धान मित्रहरूलाई पनि कम्तिमा यति कुराको हेक्का रहने हो भने आफैँले जीवन समर्पण गरेको पार्टीका सबै गोपनीयता र अनुशासनको उल्लंघन गरेर कस्तो पार्टी चलाउने अभ्यास गर्दै हुनुन्छ होला, जान्ने र बुझ्ने मन जोकोहीलाई पनि हुन्छ नै । युद्धका पनि आफ्नै नियम हुन्छन्, त्यती त हेक्का रहोस् । यही शुभेक्षा असलियतको ।

    (लेखक अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार तथा जापान नेपाली एकता समाज केन्द्रीय सदस्य हुनुहुन्छ ।)

    आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.