काठमाडौं । अखिल नेपाल युवक संघले तय गरेको तीन दिने राष्ट्रिय भेला तथा प्रशिक्षणको मिति पर सरेको छ ।
Advertisement
यही माघ २५ देखि २७ गतेसम्मका लागि तय गरिएको राष्ट्रिय भेला तथा प्रशिक्षण कोरोना संक्रमणका कारण सो मितिमा नहुने भएको छ ।
अब सो राष्ट्रिय भेला तथा प्रशिक्षण आगामी फागुन महिनाको २५ देखि २७ गतेसम्मका लागि सारिएको युवक संघका कार्यवाहक अध्यक्ष कृष्णराज पाण्डेले जानकारी दिनुभएको छ । शुक्रबार बसेको युवक संघको भर्चुअल केन्द्रीय कार्यालयको बैठकले नयाँ मितिबारे निर्णय गरेको हो ।
यस्तै, बैठकले जिल्लाहरुमा आयोजना गरिएको भेला तथा प्रशिक्षणको कार्यक्रम त्यहाँको अवस्थाअनुसार निर्णय गर्ने जिम्मा जिल्ला समितिलाई नै दिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।