काठमाडौं । राष्ट्रिय जनमोर्चाले यातायात क्षेत्रमा बारम्बार भइरहेको दुर्घटना नन्युनिकरण गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।बुधबार अर्घाखाँचीमा नरपानीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै राजमोले आज (बिहीबार) प्रेसित गरेको वक्तव्यमा आयोगको आवश्यकता औंल्याएको हो ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलद्वारा प्रेसित वक्तव्यमा उच्चस्तरीय आयोगको गठन गरेर यातायातको सम्पूर्ण प्रणालीबारे जाँच गर्नुपर्ने र त्यसले दिएको प्रतिवेदन तथा सुझावहरूलाई प्रभावशाली प्रकारले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
यसको साथै दुर्घटनाका मृतकका परिवारलाई क्षतिपुर्ति तथा घाइतेको सम्पुर्ण उपचारको व्यवस्था राज्यले नै गर्नुपर्ने पनि राजमोले माग गरेको छ । बारम्बार भइरहने सडक दुर्घटनाप्रति गम्भीर बन्न र तत्काल प्रभावकारी कदम चाल्नसमेत राजमोले सरकारको ध्यानाकर्षण गराएको छ ।