जनकपुर । प्रदेश २ को स्थायी राजधाी जनकपुरधाम कायम भएको छ । सोमबार प्रदेश सभामा भएको मतदानमा दुई तिहाई मतले जनकपुरधाम राजधानी कायम गर्ने निर्णय गरेको हो ।
Advertisement
प्रदेश सभामा कायम १०४ मध्ये ९८ सांसदले मतदान गरेका थिए, जसमा ७९ मत जनकपुरधामको पक्षमा मतदान भएको हो ।
दुई तिहाई मतले निर्णय गरेसँगै सभामुख सरोज यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम भएको घोषणा गर्नुभयो ।
‘जनकपुरधाम’ लाई स्थायी राजधानी बनाउनुपर्ने सबै दलको संयुक्त प्रस्ताव हो ।
उत्तरमा धनुषा ढल्केबरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र रहेको जनकपुरधाम प्रदेशको राजधानी कायम भएको हो ।