• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको अपराजित यात्रा जारी


  •   बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
  • काठमाडौं । विभागीय टोली एपीएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

    Advertisement

    मूलपानी मैदानमा बिहीबार भएको खेलमा विभागीय टोली एपिएफले गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कीर्तिपुर मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

    ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो । जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । एपीएफले यस अघि प्रदेश २ र बागमती प्रदेशलाई पराजित गरेको थियो । यता गण्डकीको लगातार दोस्रो पराजय हो । यस अघि गण्डकीले पहिलो खेल प्रदेश २ विरुद्ध २ विकेटले हारेको थियो।

    गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रनको योगदान गरेपनि जितका लागि पर्याप्त हुन सकेन । विधान श्रेष्ठले २९ रनको योगदान गर्दा अर्जुन कुमालले ८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन् । गण्डकीलाई सस्तैमा समेट्ने क्रममा एपीएफका कमल ऐरीले तीन विकेट हात पारे भने किशोर महतोले दुई तथा अविनाश बोहराको नाममा एक÷एक विकेट रह्यो ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९२ रन जोडेको थियो । एपीएफका लागि प्रदिप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रनको योगदान गरे । गण्डकीका कमल परियारले सर्वाधिक तीन विकेट हात पारे । विशाल पौडेलले दुई विकेट लिए । कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले एक–एक विकेट हात पारे ।

    समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै सुदुरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यस अघि सुदुरपश्चिम पहिलो खेलमा पुलिस क्लबसँग दुई रनले हारेको थियो । यता पराजित कर्णालीले तीन खेलमा दोस्रो पराजय भोगेको छ । यस अघि कर्णालीले त्रिभुवन आर्मी क्लबसँग ६३ रनको पराजय भोग्दा प्रदेश नंम्बर १ लाई ३१ रनले हराएको थियो ।

    १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६ रन जोड्न सक्यो । कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन् । अर्जुन घर्तीले २४ बलमा तीन चौका र एक छक्काको मदतमा ३० रन जोडे । कर्णालीको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा शेर मल्लले सर्वाधिक ४ विकेट निकाले । हेमन्त धामीले दुई विकेट हात पारे । आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले एक–एक विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन जोडेको थियो । सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको योगदान गर्दा वसन्त कार्कीले २८ रन जोडे । दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे । कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे । रविन्द्र शाही र दिवान पुनले दुई–दुई विकेट लिए भने दिनेश अधिकारीले एक विकेट निकाले ।

    यसैबीच मुलपानी क्रिकेट मैदानमा हुने भनिएको त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर १ बीचको खेल मैदानमा पानी परेका कारण कारण हुन सकेन ।

    कीर्तिपुर मैदानमा नै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ४२ रनले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकाल्यो । यता प्रदेश नम्बर २ ले तीन खेलमा दोस्रो पराजय भोगेको छ । बिहीबारको खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रनमात्र जोड्न सक्यो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ३६ रन जोडे । हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए । बलिङ तर्फ लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पारे । कृष्ण कार्की, सिद्धान्त शाही र बसिर अहमदले एक–एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो । लुम्बिनीका लागि देव खनालले अर्धशतकिय इनिङ्स खेले । खनालले ३८ बलमा ५४ रन जोड्दा चार चौका र दुई छक्का प्रहार गरे । बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन जोडे । बलिङमा प्रदेश २ का विवेक यादव र रुपेश सिंहको नाममा समान दुई–दुई विकेट रह्यो । हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान एक–एक विकेट हात पारे ।

    बिहिबार, पुष २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.