विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क अशुल गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा झडपसमेत भएको छ ।
अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेजले प्रवेश नदिएपछि विद्यार्थीले आइतबारदेखि रिले अनशन सुरु गर्ने तयारी गरेका थिए । विद्यार्थीलाई कलेज प्रशासनले रोक्न खोज्दा झडप भएको हो । त्यसक्रममा विद्यार्थीले तोडफोडसमेत गरेका छन् । झडपका क्रममा केही विद्यार्थी घाइते भएका छन् ।
अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेर सुरक्षा गार्डले लाठी प्रहार गरेपछि झडप सुरु भएको थियो । विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरीत नोबेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।
नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर, आइतबार थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो ।