मनोज भट्ट ##
नेकपा (मसाल) ले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन र त्यस दिन सार्वजनीक बिदा दिइनुपर्ने माग गर्दै आएको छ । अहिले पनि त्यो माग कायम नै छ । पुस २७ गतेका दिन विगत २००७ सालदेख पञ्चायत हुँदै बहुदल कालसम्म बिदा दिने चलन थियो । २०६२–६३ सालको जनआन्दोलनपश्चात बनेका सरकारले पुस २७ गते बिदा दिने विगतको चलन बन्द गरेका थिए । गणतन्त्रको स्थापनापश्चात राष्ट्रिय एकता दिवस मनाउन सरकारी स्तरबाट बन्द गरियो । तर त्यस दिन बिदा दिनुपर्ने माग र औचित्य बढ्दै गएको छ । त्यसका साथै विखण्डनको उद्देश्यबाट पे्ररित भएर पृथ्वीनारायण शाहमाथिको आक्रमणलाई पनि तीव्र पारिँदै आएको छ । पृथ्वीनारायण शाहलाई क्रुर, अत्याचारी, विभिन्न जातिका संहारकको रूपमा प्रस्तुत गरिँदै आएको छ । निश्चित रूपले राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएका कारण विगत नेपालको शासकीय प्रणाली फेरिएको छ । तर इतिहासमा नेपाल राष्ट्र«को निर्माणमा सामन्ती शासकहरूले खेलेको भूमिका र योगदानलाई बिर्सिन मिल्दैन ।
विश्वमा भएका अन्य मुलुक पनि नेपाल जस्तै ससाना राज्यमा विभाजित थिए । विगतमा साना साना राज्यमा विभाजित विश्वका विभिन्न मुलुकलाई एक सूत्रमा बाधेर एकीकरण गर्नुपर्ने एतिहासिक आवश्यकता थियो । तत्कालीन रूपले त्यो सामाजिक–राजनीतिक आवश्यकतालाई पूरा गर्ने कार्यमा कुनै मुलुकमा नवोदित धर्मले भूमिका खेलेको पाइन्छ भने कुनै मुलुकमा त्यसको नेतृत्वदायी भूमिका सामन्ती शासक, धर्मगुरु वा प्रशासकले खेलेको पाइन्छ । त्यो कार्र्यमा नवोदित धर्म वा जुनसुकै व्यत्तिले योगदान गरेको भए पनि तत्कालीन अवस्थामा तिनीहरूको प्रगतिशील महत्त्व रहने कुरा स्वतः सिद्ध छ । विषयवस्तुलाई बुझ्न सजिलोका लागि केही उदाहरण दिएर चर्चा गर्नु सान्दर्भिक हुने छ ।
धर्मको प्रतिकृयावादी स्वरूप तथा चरित्र हुँदाहुँदै पनि तत्कालीन सामाजिक अवस्थामा धर्मले खेलेको प्रगतिशील भूमिकालाई स्वीकार गरिए जस्तै सामन्तवादी व्यवस्था आफैमा प्रतिकृयावादी व्यवस्था भए पनि वा त्यसका नाइकेहरू निरङ्कुश भए पनि तत्कालीन सामाजिक अवस्थामा उनीहरूले खेलेको प्रगतिशील भूमिकालाई अस्वीकार गर्न मिल्दैन ।
रोमन साम्राज्यको निर्माणका लागि इसाई धर्मले तत्कालीन अवस्थामा महत्त्वपूर्ण योगदान पु¥याएको थियो । साना साना राज्य ध्वस्त गरेर ठुला राज्य निर्माणका लागि इस्लाम धर्मले प्रगतिशील भूमिका खेलेको थियो । साना साना राज्यमा विभाजित रोममा व्याप्त राज्य तथा दण्डहीनताको अवस्थालाई खतम गरेर विशाल साम्राज्य निर्माणका लागि प्रगतिशील भूमिका खेलेको थियो । सुरुवातमा इस्लाम धर्म तत्कालीन समाजअनुसार प्रगतिशील कदम थियो । त्यसैले “राज्य र क्रान्ति” नामक आफ्नो पुस्तकमा लेनिनले इसाई धर्मलाई जनवादी क्रान्तिकारी भावना भएको धर्म बताएका थिए । धर्मको प्रतिकृयावादी स्वरूप र चरित्र हुँदाहुँदै पनि तत्कालीन सामाजिक अवस्थामा त्यसले खेलेको भूमिकालाई प्रगतिशील बताइएको हो ।
धर्मको प्रतिकृयावादी स्वरूप तथा चरित्र हुँदाहुँदै पनि तत्कालीन सामाजिक अवस्थामा धर्मले खेलेको प्रगतिशील भूमिकालाई स्वीकार गरिए जस्तै सामन्तवादी व्यवस्था आफैमा प्रतिकृयावादी व्यवस्था भए पनि वा त्यसका नाइकेहरू निरङ्कुश भए पनि तत्कालीन सामाजिक अवस्थामा उनीहरूले खेलेको प्रगतिशील भूमिकालाई अस्वीकार गर्न मिल्दैन । त्यसैगरी इस्लाम धर्मले कबिला समाजमा विभाजित अरबको एकीकरणका लागि तत्कालीन अवस्थामा प्रगतिशील भूमिका खेलेको थियो । त्यसैले फ्रेडरिक एङ्गेल्सले तत्कालीन सामाजिक अवस्थामा इस्लाम धर्मलाई सबै वर्गको धर्म बताएका थिए । ठिक त्यसै प्रकारले विभिन्न ससाना राज्यमा विभाजित नेपाललाई एकीकरण गर्न तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले पु¥याएको योगदानलाई पनि व्याख्या विश्लेषण गर्नुपर्ने हुन्छ ।
करिब २५० वर्षअघि दक्षिण एसियाली क्षेत्रअन्तर्गत झन्डै सात/आठ सय मुलुक अस्तित्वमा थिए । दक्षिणतर्फ ब्रिटिस साम्राज्यले एकपछि अर्को गर्दै साना राज्यलाई आफ्ना उपनिवेश बनाइरहेको अवस्था थियो । तत्कालीन अवस्थामा नेपाल पनि झन्डै ५३ ओटा ससाना भुरेटाकुरे राज्यमा विभाजित थियो । गण्डकी क्षेत्रमा २४, कर्णालीमा २२, नेपाल उपत्यकाभित्र ३, मकवानपुर तथा पूर्वीनेपालका तीनओटा राज्य गरी ५३ ओटा भुरेटाकुरे राज्यमा नेपाल विभाजित थियो ।
ब्रिटिस इस्ट इन्डिया कम्पनी भारतमा बेलायतको शासनलाई सुदृढ गर्न हिमालयको दक्षिणतर्फका सबै ससाना भूभाग नेपाल, भुटान, तिब्बत र सिक्किमलाई भारतमा गाभ्ने रणनीतिअन्तर्गत काम गरिरहेका थियो । यस्तो प्रकारको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिमा गोर्खाका राजा पृथ्वीनारायण शाहले विभिन्न राज्यमा विभाजित नेपालको एकीकरण अभियानलाई अगाडि बढाएका हुन् ।
यी राज्यहरूका बिचमा आपसमा निरन्तर काटमार चलिरहन्थ्यो । त्यसबाट जनता वाक्कदिक्क र आजित थिए । काठमाडौं र भक्तपुरका बिच सधैँभरि शत्रुता थियो । पाटनको राजाबाट त्यहाँका जनता वाक्कदिक्क भएका कारण त्यहाँको राजा कसलाई बनाउने भन्ने कुराको निर्णय सात जना प्रधानको समूहले गर्ने गथ्र्यो । आआफ्नो प्रदेशभित्र आवतजावत गर्ने प्रतिद्वन्द्वी राज्यका जनतालाई विभिन्न प्रकारले दुःख, यातना दिने गर्थे । व्यापार–व्यवसायको विकासमा गम्भीर रूपले नकारात्मक असर परेको थियो । व्यापारीहरूले राज्यपिछे कर तिर्नुपर्ने समस्या त छँदै थियो, अझ त्यसमा पनि उनीहरूको सामान लुटपाट हुन्थ्यो । यहाँसम्म कि भोटबाट ल्याएको नुन, सुन तथा चाँदीसमेत अर्को राज्यका मान्छेले लुटपाट गर्थे । सबैतिर असुरक्षा तथा राज्यविहीनताको अवस्था थियो । त्यसबाट जनता मुक्त हुन चाहिरहेका थिए ।
ठिक त्यसै बेला नेपालको छिमेक उत्तरतर्फ चीनले आफ्नो भूमिका र प्रभावमा वृद्धि गरेर तिब्बतमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो । दक्षिणमा ब्रिटिस साम्राज्यवादले भारतका विभिन्न राज्यरजौटाका बिच आपसी वैमनस्यता वा अन्तरविरोधलाई उपयोग गरेर “फुटाऊ र राज गर” नीतिअन्तर्गत आफ्नो एकछत्र अधिपत्य जमाउन सुरु गरेको थियो । ब्रिटिस इस्ट इन्डिया कम्पनी भारतमा बेलायतको शासनलाई सुदृढ गर्न हिमालयको दक्षिणतर्फका सबै ससाना भूभाग नेपाल, भुटान, तिब्बत र सिक्किमलाई भारतमा गाभ्ने रणनीतिअन्तर्गत काम गरिरहेका थियो । यस्तो प्रकारको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिमा गोर्खाका राजा पृथ्वीनारायण शाहले विभिन्न राज्यमा विभाजित नेपालको एकीकरण अभियानलाई अगाडि बढाएका हुन् ।
पृथ्वीनारायण शाहको यो कार्यलाई के भन्ने ? यस विषयमा मतभेद पाइन्छ । कतिपयले यसलाई एकीकरण भनेका छन् भने कतिपयले विस्तारवादी नीतिको रूपमा व्याख्या गरेर पृथ्वीनारायण शाहलाई विस्तारवादी शासकको रूपमा प्रस्तुत गर्ने गरेका छन् । पृथ्वीनारायण शाहको कार्यलाई एकीकरण वा विस्तारवाद जुन रूपमा व्याख्या वा विश्लेषण गरे पनि उनको उक्त कार्यको परिणाम हामीलाई एकीकृत नेपाल प्राप्त भएको छ, जसको परिणाम विश्वमा हामी छुट्टै पहिचानका साथ स्थापित भएका छौँ ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुका साथै ब्रिटिस साम्राज्यवादबाट नेपालको राष्ट्रियताको रक्षाका लागि महत्त्वपूर्ण योगदान दिएका थिए । व्यापार फैलाउने नाममा ब्रिटिसले जसरी भारतलाई आफ्नो उपनिवेश बनायो, ठिक त्यसै प्रकार नेपालमा समेत प्रभाव र शक्ति बढाएर नेपालको राष्ट्रियता खतम गर्ने छ भन्ने सवालमा पृथ्वीनारायण शाह प्रष्ट थिए ।
तत्कालीन नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा भू राजनीतिक अवस्थाका कारण नेपालको एकीकरण एउटा अपरिहार्य आवश्यकता थियो । उक्त आवश्यकतालाई पृथ्वीनारायण शाहले चिने र नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका खेलेर महत्त्वपूर्ण योगदान दिएका थिए ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुका साथै ब्रिटिस साम्राज्यवादबाट नेपालको राष्ट्रियताको रक्षाका लागि महत्त्वपूर्ण योगदान दिएका थिए । व्यापार फैलाउने नाममा ब्रिटिसले जसरी भारतलाई आफ्नो उपनिवेश बनायो, ठिक त्यसै प्रकार नेपालमा समेत प्रभाव र शक्ति बढाएर नेपालको राष्ट्रियता खतम गर्ने छ भन्ने सवालमा पृथ्वीनारायण शाह प्रष्ट थिए । तत्कालीन अवस्थामा उपत्यकाको मल्ल राज्यका बिच आपसी अन्तरविरोधबारे काठमाडौँमा मल्ल राजाबाट विभिन्न सुविधा लिएर बसिरहेका क्रिस्चियन पादरीबाट ब्रिटिसले जानकारी पाइरहेका थिए । मल्लकालको अन्ततिर अन्तिम मल्ल राजा जयप्रकाशले ब्रिटिस भारतसँग सम्बन्ध स्थापित गर्ने कोसिस पनि गर्न थालिसकेका थिए । ब्रिटिसहरू पनि नेपाल प्रवेश गर्ने बहाना खोजिरहेका थिए ।
पृथ्वीनारायण शाहले एकीकरण अभियान सञ्चालन गर्ने क्रममा काठमाडौँमाथि आक्रमण गर्दा त्यसका विरुद्ध ब्रिटिसले सशस्त्र फौज नेपाल पठाएको थियो । ब्रिटिस फौजलाई सिन्धुलीगढीतिरको पौवागढीमा गोर्खाली सेनाबाट नराम्रो हार खानुपरेको थियो । नेपाललाई घेर्न नेपालको मकवानपुरमा आएको ब्रिटिस तथा बङ्गालको नवाबको फौजले समेत गोर्खाली सेनाबाट पराजय बेहोर्नुपरेको थियो ।
भारत र विस्तारै एसियामा समेत आफ्नो प्रभाव र शक्ति विस्तार गर्न ब्रिटिस साम्राज्यवादको उपस्थिति बलियो हुँदै आइरहेको परिप्रेक्ष्यमा ५३ ओटा ससाना राज्यमा विभाजित नेपालले आफ्नो अस्तित्व जोगाउन सक्ने प्रश्नै थिएन । तत्कालीन अवस्थालाई ध्यान दिने हो भने यदि पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान नचालएको भए नेपाललाई समेत ब्रिटिसले कब्जा गर्दथ्यो र पछि गएर सम्भवतः स्वाधीन भारतको अङ्ग बन्थ्यो होला । नेपालको अहिलेको स्वतन्त्र हैसियत नरहन पनि सक्दथ्यो ।
नेपालको भू राजनीतिक अवस्थाको बारेमा पृथ्वीनारायण शाह राम्रोसँग परिचित थिए । ब्रिटिसहरू धर्म र व्यापारको नाममा अरूको देशमा प्रवेश गर्ने र त्यस देशको राष्ट्रियतालाई खतम गर्ने गरेको थियो । त्यसैले पृथ्वीनारायण शाहले नेपालमा तथा त्यसका साथै तिब्बतमा समेत युरोपियनको प्रवेशमा रोक लगाएका थिए । नेपालबाट क्रिस्चियन पादरीलाई देशनिकाला गरेर बिहार लखेटेका थिए ।
दक्षिण एसियामा उदाउँदो ब्रिटिस साम्राज्यवादबाट नेपाल जस्तो सानो मुलुकको रक्षाका लागि पृथ्वीनारायण शाहले ब्रिटिसबाट पृथक् रहने नीति अपनाएका थिए । त्यो नीतिलाई उनका उत्तराधिकारीहरूले पनि अगाडि बढाएका थिए । नेपालको भू राजनीतिक अवस्थाको बारेमा पृथ्वीनारायण शाह राम्रोसँग परिचित थिए । ब्रिटिसहरू धर्म र व्यापारको नाममा अरूको देशमा प्रवेश गर्ने र त्यस देशको राष्ट्रियतालाई खतम गर्ने गरेको थियो । त्यसैले पृथ्वीनारायण शाहले नेपालमा तथा त्यसका साथै तिब्बतमा समेत युरोपियनको प्रवेशमा रोक लगाएका थिए । नेपालबाट क्रिस्चियन पादरीलाई देशनिकाला गरेर बिहार लखेटेका थिए ।
नेपालको एकीकरण र ब्रिटिस साम्राज्यवादबाट नेपालको रक्षाको कार्य पृथ्वीनारायण शाहको सामन्ती राष्ट्रवादमाथि आधारित भएको कुरालाई इन्कार गर्न सकिन्न । तर कुनै सामन्त आफ्नो देशको राष्ट्रियताको रक्षाका लागि सङ्घर्ष गर्छ भने त्यो सङ्घर्षलाई सामन्ती राष्ट्रवाद भनेर त्यस मुलुकको मुक्ति आन्दोलनलाई उपेक्षा गर्नु सही हुन्न । अफगानिस्तानमा आफ्नो मुलुकमाथिको बैदेसिक हस्तक्षेपका विरुद्ध अमेरिकी साम्राज्यवादसँग मुस्लिम कट्टरपन्थीहरू लडेको सबैलाई अवगत नै छ । त्यहाँ प्रगतिशील राष्ट्रवाद कमजोर भएका कारण राष्ट्रियताको रक्षाका लागि साम्राज्यवाद विरुद्ध मुस्लिम अतिवादीहरूको आन्दोलनलाई गलत भन्न मिल्दैन । ठिक त्यसै प्रकारले तत्कालीन अवस्थामा आफ्नो देशको रक्षाका लागि सामन्तहरूले गरेको सङ्घर्षलाई सामन्ती राष्ट्रवाद भनेर उपेक्षा गर्नुको अर्थ देशको राष्ट्रियताको रक्षाको पक्ष लिनुको सट्टा घुमाउरो रूपमा हाम्रो देशमाथि आक्रमण गर्ने साम्राज्यवादीको पक्ष लिने काम हुने छ । कतिपयबाट जान वा अन्जानमा त्यस प्रकारको काम भइरहेको छ ।
निश्चित रूपले नेपालको एकीकरण गर्ने क्रममा भएका युद्ध वा सङ्घर्षमा युद्धरत दुईटै पक्षबाट कतिपय ज्यादती भएको हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन तर त्यो ज्यादती भएका कारण नेपालको एकीकरण गलत थियो भन्ने निस्कर्ष निकाल्नु सही हुन्न । सुरुमा नेपालको इतिहास लेखन कार्य नेपालीभन्दा विदेशीहरू, अझ त्यसमा पनि पश्चिमाले गरेको पाइन्छ । पश्चिमाहरूले नेपालको इतिहास लेख्दा मुख्यतया नेपालको ब्रिटिस विरोधी नीति भएको हुनाले पूर्वाग्रह प्रेरित भएर नेपालको इतिहासमाथि कलम चलाएका छन । मल्ल कालमा नेपालमा भएका क्रिस्चियन पादरीले दिएका गलत सूचनाका आधारमा वा यथार्थलाई तोडमरोड गरेर दिएका जानकारीको आधारमा वा विभिन्न मिसनअन्तर्गत आएका विदेशी प्रतिनिधि मण्डलका प्रतिनिधिले अरूबाट सुनेका कुरालाई आधार बनाएर इतिहास लेखेको पाइन्छ । उनीहरूले विशेषतः पृथ्वीनारायण शाहका विरुद्ध बढी कलम चलाएका छन् । एकीकरणलाई नकारात्मक रूपमा तथा पृथ्वीनारायण शाहलाई कुरूप रूपमा प्रस्तुत गर्नाका पछाडि पश्चिमाहरूको विखण्डनको उद्देश्यले काम गरेको छ ।
नेपालमा गणतन्त्रको स्थापना भइसकेपछि जातीय राज्यसहितको सङ्घीयता स्थापना गर्नाका लागि युरोपियन युनियनले नेपालमा झन्डै ९७ अर्ब रकम खर्च गरेको थियो । ठुलो परिणाम धनराशि खर्च गरेर पनि नेपालमा जातीय राज्य स्थापना गर्ने पश्चिमा योजना संविधान निर्माणको क्रममा सफल हुन सकेन । यद्यपि त्यस उद्देश्यबाट उनिहरू पछाडि हटेका छैनन् ।
नेपालमा गणतन्त्रको स्थापना भइसकेपछि जातीय राज्यसहितको सङ्घीयता स्थापना गर्नाका लागि युरोपियन युनियनले नेपालमा झन्डै ९७ अर्ब रकम खर्च गरेको थियो । ठुलो परिणाम धनराशि खर्च गरेर पनि नेपालमा जातीय राज्य स्थापना गर्ने पश्चिमा योजना संविधान निर्माणको क्रममा सफल हुन सकेन । यद्यपि त्यस उद्देश्यबाट उनिहरू पछाडि हटेका छैनन् । नेपालमा विभिन्न जातिका बिच द्वन्द्व गराएर नेपाललाई टुक्र्याउने उद्देश्यले एकीकरण अभियान गलत र दमनकारी थियो भन्ने कुरा सिद्ध गर्नका लागि युरोपियन शक्तिले पृथ्वीनारायण शाहमाथि प्रहार केन्द्रित गरिरहेका छन् । त्यस अवस्थामा राष्ट्रिय एकता दिवसको महत्त्व झन् बढेर गएको छ ।