पर्वत । अखिल नेपाल युवक संघ फलेवास नगर समिति, पर्वतले वनभोजसहित संगठनको प्रशिक्षण कार्यक्रम गरेको छ । शनिबार भुसालचौर मा वनभोज कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय परिषद सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापाले प्रशिक्षण दिँदै युवाहरुको सक्रियता बिना समाज परिवर्तनको आन्दोलन सशक्त हुन नसक्ने बताउनु भयो ।
राजनैतिक परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका युवालाई सत्ता प्राप्त गर्ने साधनको रुपमा मात्र प्रयोग गरेको बताउँदै युवाहरुको सचेत प्रयत्न र क्रियाशीलताले मात्र सामाजिक बिकृति र विसंगतिको अन्त्य हुने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भीमलाल पोखरेल, अखिल नेपाल बुद्धिजीवी संघ पर्वतका अध्यक्ष ईन्द्रकान्त शर्मा, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य कृष्ण क्षेत्री, अखिल नेपाल किसान संघ पर्वतका सदस्य एकनारायण भुषाल लगायतले मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल युवक संघका गण्डकी प्रदेश सदस्य श्री प्रशाद थापा, अखिल नेपाल शिक्षक संघ पर्वतका सदस्य नरिश्वर शर्मा, अखिल नेपाल महिला संघ फलेबास नगर सदस्य सरिता भुषाल, युवक संघ जैमिनी नगर सदस्य रमेश गोर्खाली लगायतको आतित्थ्यता रहेको थियो ।
भेलाले नारायण भुषालको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल युवक संघ फलेवास नगर समिति चयन गरेको छ । जसको उपाध्यक्ष नारायणदत्त भुषाल, सचिव बैकुण्ठ भुषाल, कोषाध्यक्ष राधा भुषाल, सदस्यहरुमा कृष्ण भुषाल, रोशन गौडेल, शिव क्षेत्री, जनक भुषाल, हरि भुषाल र राजु श्रेष्ठ रहनु भएको छ ।
कार्यक्रम अखिल नेपाल युवक संघ पर्वतका अध्यक्ष डोलराज भुषालको अध्यक्षता, बुद्धि गौडेलको सञ्चालन र भरत बहादुर श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।