अर्घाखाँची। भूमिकास्थान नगरपालिका– २ ढाकावाङ्गमा वडास्तरीय युवा क्लब शुक्रबार गठन भएको छ। सम्पन्न भेलाले टेकराज भुसाल अध्यक्षमा १५ सदस्यीय वडास्तरीय युवा क्लब गठन गरेको हो।
Advertisement
समितिको उपाध्यक्षमा प्रकाश चुदाली, सचिव मुना रायमाझी (बन्जाडे) कोषाध्यक्षमा रेमकला खत्री चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा मनोज थापा, मनिषा थापा, सरिष्मा परियार, बसन्ता खनाल, सविता खनाल, आकाश अधिकारी, तिलक खनाल, केशव केसी, सागर आचार्य, शर्मिला घर्ती (चार्य) र सम्झना घर्ती रहनुभएको छ।
भूमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य केशरा परियारको अध्यक्षतामा २ नम्बर वडाअध्यक्ष बुद्धि बहादुर थापाको प्रमुख आतिथ्यता तथा भगवती आधारभुत विद्यालयका प्राचार्य कमल प्रसाद खनाल र शिक्षक सुरज खनालको उपस्थितिमा भेलाले सम्पन्न भएको थियो ।